शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘हिप–पप’ले भूकम्पको चोट भुलायो

शनिबार, ११ वैशाख २०७३, १९ : ३७
शनिबार, ११ वैशाख २०७३

काठमाडौँ– ‘गोर्खा भूकम्प’को वार्षिक स्मृतिमा आज राजधानीको भृकुटीमण्डपमा निःशुल्क ‘कन्सर्ट’ साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ ।

अमेरिकी राजदूतावासको आयोजनामा भएको ‘कला दूत कार्यक्रम’ नाम दिइएको उक्त ‘कन्सर्ट’मा स्वदेशी तथा विदेशी गायक/गायिकाले करिब पाँच हजारको सङ्ख्यामा रहेका दर्शकलाई भूकम्प बिर्साउने गरी मनोरञ्जन दिए ।

जापानी मुलकी अमेरिकाकी चर्चित ‘हिप–पप’ गायिका आइशा फुकुशिमाले आफ्नो् ‘हिप–पप’ शैली प्रश्तुत गर्दा युवा दर्शकले ‘वान्स मोर’ भने ।

त्यस्तै, नेपालको चर्चित ब्यान्ड ‘१९९४ एडी’, ‘हिप–पप गायक’ निर्णय श्रेष्ठ द एनएसके र गायिका समृद्धि राईको प्रस्तुतिले पनि दर्शकको मन जित्यो । त्यसैगरी, अमेरिका निवासी चर्चित फेशन डिजाइनर प्रवल गुरुङ र पूर्वमिस नेपाल इभाना मानन्धरले कार्यक्रमको रौनक बढाएका थिए ।

करिब तीन÷चार घन्टा ‘हिप–पप’मा भुलेका दर्शक भन्दै थिए, ‘भूकम्पको स्मृतिमा गरिएको कन्सर्टले भूकम्प नै बिर्सायो ।”

गायिका फुकुशिमाले ‘हिप–पप संस्कृति’सँग नेपाली युवालाई अभ्यस्त गराउँदै उनीहरुलाई भूकम्पपछिको पुनःनिर्माणमा ऊर्जा प्रदान गर्न ‘कन्सर्ट’ गरिएको बताए ।

संयुक्त राज्य अमेरिकामा सामाजिक र राजनीतिक अभिव्यक्ति तथा परिवर्तनका लागि ‘हिप–पप’को प्रयोग हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप