शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कन्सर्टमा मेघा बैंकका सिईओ अनिल शाह ‘वान्स मोर’ ‘वान्स मोर’ भन्दै चिच्याएपछि...

शनिबार, ११ वैशाख २०७३, १९ : ४७
शनिबार, ११ वैशाख २०७३

काठमाडौँ– ‘गोर्खा भूकम्प’को वार्षिक स्मृतिमा आज राजधानीको भृकुटीमण्डपमा निःशुल्क ‘कन्सर्ट’ साङ्गीतिक कार्यक्रममा मेघा बैंकका सिईओ अनिल शाह पनि सहभागि थिए ।

अमेरिकी राजदूतावासको आयोजनामा भएको ‘कला दूत कार्यक्रम’ नाम दिइएको उक्त ‘कन्सर्ट’मा स्वदेशी तथा विदेशी गायक/गायिकाले करिब पाँच हजारको सङ्ख्यामा रहेका दर्शकलाई भूकम्प बिर्साउने गरी मनोरञ्जन दिएका थिए ।

जापानी मुलकी अमेरिकाकी चर्चित ‘हिप–पप’ गायिका आइशा फुकुशिमाले आफ्नो् ‘हिप–पप’ शैली प्रश्तुत गर्दा मेघा बैंकका सिईओ अनिल शाह ‘वान्स मोर’–‘वान्स मोर’ भन्दै चिच्याइरहेका थिए ।

करिब तीन/चार घन्टा ‘हिप–पप’मा भुलेका शाह भन्दै थिए, ‘भूकम्पको स्मृतिमा गरिएको कन्सर्टले भूकम्प नै बिर्सायो ।”

संयुक्त राज्य अमेरिकामा सामाजिक र राजनीतिक अभिव्यक्ति तथा परिवर्तनका लागि ‘हिप–पप’को प्रयोग हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप