आपूर्तिमा बदमासी गर्नेलाई कारबाही : मन्त्री पोखरेल
काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले भारतीय अघोषित नाकाबन्दीका कारण आपूर्तिमा बदमासी गर्नेलाई सरकारले कारबाही गर्ने बताएका छन् ।
दोलखाली पत्रकार समाजले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले बजारमा आपूर्ति सहज भएन भन्ने कुरा आइरहेको भन्दै आपूर्तिमा बदमासी गर्नेलाई कारबाही गर्ने चेतावनी दिए ।
मन्त्री पोखरेलले भूकम्प, भारतीय नाकाबन्दी, तराई आन्दोलनजस्ता चुनौतीकाबीच पनि सरकारले काम अघि बढाइरहेको छ भने ।
नेपालको पर्यटनको विकासका लागि पूर्वाधार, सुरक्षा र गुणस्तरीय सेवामा लागि सरकारले काम गरिरहेको र आगामी दिनमा यसलाई थप सुधार गर्दै लैजाने तयारी भएको जानकारी दिए ।
“सिद्धार्थ गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने संसारमा सबैलाई थाहा छ, किताबमा लेखिएका कमजोरी सच्याउनुपर्छ, बुद्धको मुहान नै नेपाल हो”– उनले भने ।
आगामी जेठ ६, ७ र ८ गते हुन लागेको २५६०औँ बुद्ध जयन्तीका अवसरमा हुने कार्यक्रमले पनि बुद्ध नेपालमा बुद्धत्वसहित जन्मिएका हुन् भन्ने पुष्टि गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण