नयाँ शक्ति ६ समूहमा विभाजन हुने
पाटन–नयाँ शक्ति नेपाल ललितपुर जिल्ला परिषद्को भेला शनिबार पाटनको साइन्स क्याम्पसमा सम्पन्न भएको छ ।
भेलाले आइतबारबाट एक महिने अभियान सञ्चालन गर्न ६ वटा विशेष समूह बनाई नेता कार्यकतालाई परिचालन गर्ने योजना बनाएको छ । एक उपमहानगरपालिकाको एक समूह, चार नगरपालिकाको चार समूह र १९ गाविसहरु मिलाएर एक समूह निर्माण गरिएको नयाँ शक्तिका केन्द्रीय सचिवालय सदस्य पासाङ शेर्पाले जानकारी दिए ।
भेलामा बोल्दै नयाँ शक्तिका सचिवालय सदस्य मदन राईले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईसँग ध्वंस र निर्माण दुवै गर्न सक्ने विशिष्ट क्षमता रहेको बताए ।
यसैगरी नेता पासाङ शेर्पाले बाबुराम भट्टराईको मधेस अभियानले पुराना राजनीतिक दलहरु हायलकायल भएको भन्दै नयाँ शक्ति मुलुकको प्रमुख राजनीतिक शक्तिको रुपमा स्थापित भइसकेको बताए । भेलामा तीन नम्बर प्रदेशकी संयोजक बलावती शर्माले शुभकामना मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण