शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सरकार भूकम्प पीडितप्रति अनुदार : नेता सिंह

शनिबार, ११ वैशाख २०७३, २० : १३
शनिबार, ११ वैशाख २०७३

लमजुङ– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले भूकम्प गएको एक वर्ष बित्नलाग्दा पनि राहत र पुनःनिर्माणमा ढिलाई गरेर सरकारले भूकम्प पीडितमाझ अनुदार व्यवहार देखाएको आरोप लगाएका छन् । । लोकतन्त्र दिवसको अवसर पारेर नेपाली काँग्रेस लमजुङ क्षेत्र नं। २ ले आयोजना गरेको आमसभालाई आज लमजुङको चन्द्रेश्वरमा सम्बोधन गर्दै उनले भने, “थुप्रै भूकम्पपीडितले अझै राहत रकम पाएका छैनन्, पुनर्निर्माणमा ढिलाई गरेर सरकारले किन रमिता देखाउँदैछ ?”

तत्कालीन सुशील कोइराला सरकारले भूकम्पको पुनःनिर्माणका लागि विदेशी सहयोग जम्मा गरेपनि वर्तमान सरकारले त्यो रकम भूकम्प पीडितसम्म लैजान नसकेकोमा सिंहले दुःख व्यक्त गरे ।

“विदेशीले सहयोग गरेको अर्बौं रकम बैंकमा थन्किएको छ,” उनले भने, “जनता हावाहुरी र घामपानी झेल्दै बसिरहेका छन्, सरकार किन ढिलाई गरिरहेको छ ?”

देशमा राजनीतिक क्रान्ति पूरा भइसकेको बताउँदै उनले भने, “राजनीतिक परिवर्तनका लागि हामीले धेरै सङ्घर्ष गरिसकेका छौँ, अब मुलुकलाई आर्थिक विकासको बाटोमा डो¥याउनुपर्छ ।”

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, कल्याण गुरुङ, नेपाली काँग्रेस लमजुङका सभापति भेषबहादुर पौडेललगायतले पुनःनिर्माणको काम तत्काल थाल्न सरकारलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप