शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बाबुरामले गरे जर्मनको नयाँ शक्ति गठनलाई स्काइपबाट सम्बोधन

शनिबार, ११ वैशाख २०७३, २० : १९
शनिबार, ११ वैशाख २०७३

जर्मन– कार्ल माक्र्सको जन्मभूमि जर्मनीमा नयाँ शक्ति नेपालको अन्तरिम परिषद् गठन भएको छ ।

शनिबार जर्मनीको फैंकफर्टस्थित ग्योथे विश्वविद्यालयमा सम्पन्न भेलाले पवन लामिछानेको संयोजकत्वमा २३ सदस्यीय नयाँ शक्ति जर्मनी परिषद्को गठन भएको हो ।

भेलालाई नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले स्काइपमार्फत सम्बोधन गरेका थिए । जर्मनका बर्लिन, ह्यामवर्ग, म्युनिख, क्लोनलगायतका शहरहरुबाट जम्मा भएका प्रवासी नेपालीको भेलाबाट संयोजकमा निर्वाचित भएका लामिछानेले नेपालको विकास र समृद्धिको अभिभारा नयाँ शक्तिले उठाउने बताए ।

‘माक्र्सले फ्रेन्च समाजवाद, बेलायती अर्थशास्त्र तथा जर्मन दर्शनशास्त्रको मिश्रणबाट तत्कालीन कालखण्डलाई माक्र्सवादको विकास गरेका थिए,’ उनले भने, ‘नेपालमा पनि विकसित अवस्थाको संश्लेषण राष्ट्रिय, अन्तर्राष्ट्रिय अनुभवको आधारमा नयाँ शक्तिको जन्म भएको छ ।’

नयाँ शक्ति नेपालका केन्द्रीय परिषद सदस्य भोला काफ्लेको आतिथ्यमा सम्पन्न भेलाद्वारा निर्वाचित परिषदका सदस्यहरुमा सानुभाइ अधिकारी, मोहम्मद जावेर अख्तर, घनश्याम कुँवर, विनय विस्ट, महेश श्रेष्ठ, शेर राई, टोपलाल पाण्डे, गोकर्णपुरुष ढकाल रहेका छन् ।

यसैगरी अधिकारी, प्रभातकिरण गेलाल, लिला अधिकारी, निरेश ढकाल, रविन्द्र उप्रेती, भानुभक्त खरेल, समिरकुमार श्रेष्ठ, कृष्ण घिमिरे, थप प्रकाश छन्त्याल, सिमल धिमाल र रविन महर्जन परिषद सदस्य चयन भएका छन् । परिषदका अन्य सदस्यहरुमा जीवन ढकाल, ललित सिंह, धर्मराज रानाभाट रहेका संयोजक लामिछानेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप