गोरु बेचेर चर्पी बनाउने पदमबहादुर सम्मानित
बर्दिबास, – हल गोरु बेचेर चर्पी निर्माण गरेका महोत्तरीको बर्दिबास नगरपालिका स्थित किसानगर ७ का पदमबहादुर मिरिङचिङ मगरलाई जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति महोत्तरीले सम्मान गरेको छ । अरुको लागि पनि प्रेरणाको श्रोत बनेको भन्दै उनलाई जिल्ला सरसफाइ शनिबार सम्मान गरिएको हो । सरसफाइका दुत धुर्मश—सुन्तली र नेपाल सरकारले थालेको सरसफाई अभियानलाई सफल पार्न मगरले एक हल गोरु बेचेर चर्पी बनाएको समाचार सोमबार रातोपाटीबाट सार्वजनिक भएको थियो ।
मध्यमाञ्चल क्षेत्रिय अनुगमन तथा सुप्रेवेक्षण कार्यालय सिंगामंगल काठमाँडौंका प्रमुख सुदर्शन भण्डारी, महोत्तरी प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादव, एलडियो कृष्ण चापागाई, खनोपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख देवेन्द्र झाले संयुक्त रुपमा मगरलाई अविर , माला लगाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्मान पाएपछि पदमबहादुरले भने भने,‘ मेरो गाउँमा ठूल्ठूला मान्छे छन् तर उनीहरुले दोसल्ला ओढन पाएनन् । तर मैले चर्पी बनाएपछि चर्पीले सम्मान दिलाएको छ । ’
बर्दिबास नगरपालिकाले पनि मगरलाई सम्मान गर्ने बैशाख १२ गते महोत्तरीको बर्दिबास नगरपालिकाकाले आफ्नो साविकको किसाननगर गाविस तर अहिले नगरपालिकामा गाभिएपघि ७,८ र ९ भएको तीन वडालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रममा गोरु बेचेर चर्पी बनाएका मगरलाई सम्मान गर्ने कार्यक्रम रहेको बर्दिबास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्कीले बताए । चर्पीमै अब दिसा पिसाब गर्नु पर्छ भन्ने सरसफाइको सन्देश उनको मनले छोएपछि चर्पी बनाउन एक हल गोरु,बोका र खरी बिक्री गरेर ७५ हजारमा चर्पी बनाएका थिए । स्मरण रहोस् उनको आफ्नो नामा एक धुर जग्गा समेत रहेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण