शुल्क निर्धारण मापदण्ड निर्देशिका कार्यान्वयनमा सबै लाग्नुपर्ने
शनिबार, ११ वैशाख २०७३, २२ : ०२
काठमाडौँ -शिक्षा विभागका निर्देशक वैकुण्ठ अर्यालले निजी विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका सबै सरोकारवालाको सहमतिमा ल्याइएकाले यसको कार्यान्वयनमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन ।
[caption id="attachment_45508" align="alignright" width="808"] तस्बीरः सुरेन्द्र बस्नेत[/caption]
अखिल (क्रान्तिकारी) ले आज यहाँ आयोजना गरेको ‘निजी विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका कार्यान्वयनको सवाल’ विषयक अन्तक्र्रियामा उनले भने –‘प्याब्सन, एनप्याब्सन र अभिभावकलगायतका सरोकारवाला सबैको सहमतिमा निर्देशिका ल्याइएको हो, त्यसैले यसको कार्यान्वयनमा आलटाल गर्नेलाई कार्वाही गर्नेछौँ ।’
काठमाडौँका जिल्ला शिक्षा अधिकारी शङ्करबहादुर गौतमले निर्देशिका कार्यान्वयन नभएको स्वीकार गर्दै विगतका सहमति कार्यान्वयनमा कठिनाइ भइरहेको यसको अनुगमन प्रक्रियासमेत फितलो रहेको बताए ।
क्रान्तिकारीका अध्यक्ष रमेश मल्ल, विद्यार्थी आन्दोलनका कारण सरकारले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका बनाएको भए पनि कार्यान्वयन हुन नसकेकामा चिन्ता व्यक्त गरे ।
राष्ट्रिय तथा निजी विद्यालय एसोसियसन (एनप्याब्सन) का अध्यक्ष कर्णबहादुर शाहीले निर्देशिका लागू गर्दा कतिपय शिक्षण संस्था बन्द हुने खतरा रहेकाले त्यसमा पुनः विचार गर्नुपर्नेमा जोड दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण