ग्रामिण क्षेत्रका सुत्केरी महिलाहरु गोठमा नै हुन्छन्
जाजरकोट – खगेनकोट ५ का पवित्रा खत्री सुत्केरी बेथा लाग्न साथ भैंसी बाँध्ने ठाउँमा गएर सुत्केरी भइन् । त्यही भैंसी बाँध्ने ठाउँमा उनले ९ दिन अर्थात न्वारण हुँदासम्म बिताएको बताउँछिन् ।
भैंसी एकाकुना तिर अर्को कुनातिर आफू एक कुना तिर बस्दा निकै समस्या भएको उनले बताइन् । सुत्केरी हुँदाको पिडा भन्दा भैंसीसँगै बस्दाको पिडा बढी भएको पवित्राले पिडा सुनाइन् । सुत्केरी भएको दिनदेखि न्वारण नहुँदासम्म देवी, देवता रिसाउने डरले दही, दुध र मही नदिएर सुख्खा खाना दिएपछि स्वास्थ्य समेत कमजोर हुँदै जाने गरेको छ । नायकवाडा धुकाकी कालीका चलाउने पिडा सुनाउँदै भन्छिन्, ‘सुत्करी भएदेखि न्वारण नहुँदासम्म सुत्केरीले पकाएर खाने चुलोदेखी कपडासम्म अरु घर परिवारले घरको कुल देउवा रिसाउने डरले नछुँदा सुत्केरीको समस्या हुने गरेको छ ।’ यी त प्रतिनिधी मुलक घटना मात्र हुन् ।
यहाँका अधिकांश ग्रामिण क्षेत्रका महिलाहरु स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनुभन्दा पनि सुत्केरी बेथा लाग्न बित्तिकै गाई, भैंसी वाँध्ने ठाउँमा लिएर असुरक्षित रुपमा सुत्केरी गराउने चलनले गर्दा अकालमै ज्यान जाने गरेको छ । असुरक्षित रुपमा गाईभैंसी गोठ सुत्केरी भई जन्मिएका बच्चा अस्वस्थ्य भई मृत्यु हुने गरेको पाईन्छ । सुत्केरी गराउन एक दिनभन्दा बढी समय लाग्ने टाढाका वस्तीवाट स्वास्थ्य संस्था ल्याउँदा निकै चुनौती भएका कारण अधिकांश ग्रामीण क्षेत्रका महिलाहरु असुरक्षित रुपमा गोठमा सुत्केरी हुने गरेको भगवती फम्दाका रामवहादुर थापाले बताए ।
यहाँका अधिकांश ग्रामीण क्षेत्रमा यातायातको सुविधा नभएको र सडक सञ्जालले नछोएका कारण सुत्केरीलाई स्वास्थ्य संस्था सम्म ल्याउन नसकिएको हो । पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा यस्तो समस्या भएको हो । कहिले काँही घरमै सुत्केरी गराउँदा वच्चा नजन्मिएपछि समयमा स्वास्थ्य संस्था ल्याईन ढिलाई हुँदा धेरैको अकालमा ज्यान भएको यर्थाथ जाजरकोटमा धेरै रहेको छ ।
यहाँका ग्रामीण क्षेत्रमा सुरक्षित रुपमा सुत्केरी गराउने आवश्यक स्रोत साधन, अनुभवी स्वास्थ्यकर्मी नहुँदा पनि समयमा उपचार नपाउँदा धेरै सुत्केरीको मृत्यु हुने गरेको छ । स्वास्थ्य संस्था ल्याउँदा किगालोको चोयाद्धारा निर्माण गरिएका डोकाको मुख काटेर त्यसैमा घण्टौंसम्म बोकेर सुत्केरीलाई स्वास्थ्य संस्था पुर्याउदा बीच बाटोमै बच्चा मर्ने गरेको स्वास्थ्यकर्मीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण