शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भूकम्पलाई स्मरण गर्दै नयाँ म्यूजिक भिडियो आज रिलिज हुँदै (भिडियोसहित)

आइतबार, १२ वैशाख २०७३, ०८ : ००
आइतबार, १२ वैशाख २०७३

काठमाडौँ – गत साल वैशाख गएको भूकम्पलाई स्मरण गर्दै नयाँ म्यूजिक भिडियो आज रिलिज भएको छ । इफ्याट्रि प्रोडक्सनको उत्पादनमा सुशान्त गौतम र शाहिल राज थापाको शब्द, सुशान्त गौतमको संगीत एवं स्वरमा रहेको उक्त भिडियोलाई सुमन कोइरालाले छायांकन एंव सम्पादन गरेका हुन् ।

हेटौँडा स्थायी घर भएका कोइरालाले भने यस अघि नै करिब ५ दर्जन म्यूजिक भिडियोको छायांकन, २ दर्जन गीतको सम्पादन र दर्जनौँ भिडियोको निर्देशन समेत गरिसकेका छन । माघ २ गतेलाई भूकम्प दिवस मनाईएता पनि गत वैशाख १२ को भूकम्पलाई लक्षित गर्दे दिगंवत आत्माको चिर शान्तीको लागि यो गीत रिलिज गरिएको इफ्याट्रि प्रोडक्सनका प्रबन्ध निर्देशक सुमन कोइरालाले बताएका छन् ।

विराटनगर स्थायी घर भएका गौतम आइटिका विद्यार्थी हुन् भने उनले यसअघि पनि ‘जीन्दग’, ‘तिमी आयौ’लगायतका गीतहरुमा शब्द र संगीत दिइसकेका छन् भने नेपाली तारा ३ विजेता प्रताव लामाको नयाँ एल्बममा सम्पूर्ण गीत शब्द र संगीत दिएका छन् जुन एल्बम रिलिजको तयारीमा रहेको छ ।

त्यस्तै गौतमले निर्माणधिन नेपाली कथानक चलचित्र ‘२१ बर्ष’बाट नेपाली चलचित्रमा गीतकार र संगीतकारको रुपमा डेब्यु गर्दैछन भने सुमन कोइरालाले पनि चलचित्र २१ बर्षबाट नै छायांकारको रुपमा डेब्यु गर्दैछन । श्रीराम बालाजी फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘२१ बर्ष’मा र २१ वर्षीय नवनायक जुनिम गहतराजको डेव्यु अभिनय रहने निर्माण पक्षले बताएको छ । वैशाख १२ को भूकम्पलाई सम्झँदै आफूहरुले पिडित आत्माले शान्ती पाओस भन्ने उद्देश्यले तयार पारेको सुशान्त गौतमले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप