शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

स्विजरल्याण्डमा दुई साइकल यात्री, विभिन्न संस्थाहरुको सम्मान र सहयोग

आइतबार, १२ वैशाख २०७३, ०८ : २१
आइतबार, १२ वैशाख २०७३

स्विजरल्याण्ड – विश्व शान्तिको कामना गर्दै विश्व साईकल यात्रामा निस्किएका ताप्लेजुङ्गका लोकबन्दु कार्की र काभ्रे पलान्चोकका जनार्दन खनाल यतिखेर स्विजरल्याण्डमा आईपुगेका छन् । उक्त टोलीलाई स्विजरल्याण्डको एनआरएनलगायत विभिन्न संगठन, संघ–सस्थाहरुले सम्मान र सहयोग गरेका छन् ।

विश्वमा दिगो शान्ति, मानव भाईचारा र नेपाली पहिचानका लागि पर्यटन प्रर्वद्वन भन्ने मूल नारालाई आत्मासाथ गर्दै नेपाललाई विश्व सामु चिनाउने उद्देश्य लिएर विश्व साइकल यात्रामा निस्किएका कार्की र खनाल अहिले स्विजरल्याण्डको राजधानी वर्नमा छन् ।

२००४ डिसेम्बर ७ का दिन नेपालबाट साइकल यात्रा गरेका टोली अहिलेसम्म ११८ वटा देशमा बुद्व नेपालमा जन्मिएका हुन् भन्ने नाराका साथ सगरमाथाको देश नेपाल भनेर प्रचार गर्दै आएको बताउँछन् ।

विश्व साइकल यात्राको अनुभव र आफुूले बाँड्दै हिँडेको सन्देश हरेक देशमा गएर अरुलाई दिँदा आफूहरुको यात्रा प्रभावकारी रहेको छ । एक देशबाट अर्को देशको भ्रमण सहज बनाउन र सरकारी निकायबाट सुरक्षित भ्रमणको अवस्था सिर्जना गर्न सम्बन्धित देशको नेपाली मिडियाहरुको ठूलो हात रहेको हुनाले सहयोग गरिदिनुहुन अनुरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप