बेनी खानेपानी आयोजनाको क्षमता विस्तार गरिँदै
म्याग्दी – म्याग्दी सदरमुकाम बेनीमा खानेपानी आपूर्ती गर्दै आएको बेनी खानेपानी तथा सरसफाई आयोजनाको क्षमत्ता विस्तारको काम सुरु भएको छ ।
मुहान सुक्दै जानु, तिब्र वस्ती विकास, जनघनत्व वृद्धी र पुरानो संरचनाले खानेपानीको माग धान्न नसकेपछि क्षमत्ता विस्तारको काम सुरु गरिएको हो । छ करोड ४२ लाख छ हजार ४५७ रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको आयोजना आगामी ९ महिनाभित्र सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष सुवासकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार दश किलोमिटर पाईप र दुई सय घनमिटर क्षमत्ताको नयाँ ट्याङकी निर्माण गर्न लुम्बिनी विल्डर्ससँग सम्झौता भएको छ । आयोजनाको क्षमता विस्तार गर्न सरकारले ७० प्रतिशत अनुदान उपलब्ध गराउने सम्झौता भएको छ । नगर विकास कोषबाट २५ प्रतिशत ऋण लिएर निर्माण गर्न लागिएको आयोजनाको लागि उपभोक्ताबाट प्रतिघर चार हजार रुपैयाँका दरले ३६ लाख रुपैयाँ संकलन गरिने अध्यक्ष श्रेष्ठले बताए ।
क्षमता विस्तारपछि बेनी बजारमा चौविसै घण्टा आवश्यकता अनुसारको नियमित खानेपानी आपूर्ती गर्न सकिने अध्यक्ष श्रेष्ठको भनाई छ । हाल ९३९ घरधुरी उपभोक्ता रहेको आयोजनाको क्षमता विस्तार भएपछि सन् २०२२ सम्मका लागि माग धान्न सक्ने अपेक्षा गरिएको छ । भकिम्ली र बेनपा–४ को सिमानामा पर्ने दुधे र कोप्रे खोलाको पानीको मुहान सुक्न थालेकाले पर्याप्त पानी आपूर्ती घटेको छ ।
सन २०२० सम्मका लागि बेनीमा आवश्यकता अनुसारको खानेपानी आपूर्ती गर्ने उद्देश्यसहित वि.स. २०६५ मा आयोजना निर्माण भएको थियो । हाल दैनिक १५ हजार जनाले आयोजनाद्धारा वितरण हुने खानेपानी उपभोग गर्छन् । राम्चे र पर्वतको बाँसखर्क गाविसको सिमानामा रहेको पुम्दीखोलाको मुहानबाट थप पानी ल्याउन लागिएको हो ।
हाल प्रतिसेकेण्ड २८ लिटर खानेपानीको माग भएपनि १२ लिटर मात्रै आपूर्ती हुने गरेको आयोजनाका प्रबन्धक कुमार थापाले बताए । उनका अनुसार माग अनुसारको आपूर्ती हुन नसकेपछि दुई वर्षदेखि आलोपालो प्रणालीमा खानेपानी वितरण गरिँदै आएको छ । क्षमता विस्तार भएपछि प्रतिसेकेण्ड ३० लिटर खानेपानी आपूर्ती हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण