दमकल नहुँदा दुई नगरक्षेत्रमा अग्नि नियन्त्रणमा समस्या
उदयपुर– अहिलेसम्म दमकलको व्यवस्थापन हुन नसक्दा उदयपुर जिल्लाको दुई नगरपालिका बसाहा बेल्टार नगरपालिका र कटारी नगरपालिका क्षेत्रमा समय–समयमा हुने आगलागी नियन्त्रणमा समस्या भएको छ ।
चार वर्षअघि नै स्थापना भएका यी दुई नगरपालिकामा अहिलेसम्म पनि दमकल व्यवस्थापन हुन नसक्दा नगर क्षेत्रमा अचानक आगलागी हुँदा नियन्त्रण गर्न समस्या हुने गरेको सम्बन्धित नगरपालिकाका पदाधिकारी तथा स्थानीयवासी बताउँछन् । १४ हजार घरधुरी रहेको कटारी नगरपालिका क्षेत्रमा दमकल व्यवस्थापन हुन नसक्दा अचानक आगलागी हुँदा सिरहा तथा छिमेकी जिल्लाबाट दमकल मगाउनुपर्ने वा स्थानीय प्रशासन, जनता आफैँले अग्नि नियन्त्रण गर्न पर्ने बाध्यता रहेको कटारी नगरपालिकाका कार्यकारी अधिकृत पुण्य पौडेल बताउँछन् ।
दुई वर्षअघि नै सम्बन्धित मन्त्रालयमा कटारी नगरपालिकालाई एक दकमल व्यवस्थापन गर्न पत्राचार गरी मागसमेत गरेको नगर अधिकृत पौडेलको भनाइ छ । तर अहिलेसम्म पनि दमकल उपलब्ध नहुँदा नगर क्षेत्रमा अग्नि नियन्त्रणमा निकै समस्या हुँदै आएको नगर अधिकृत पौडेलले बताए ।
यता बसाहा बेल्टार नगरपालिका क्षेत्रले पनि दमकल व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालयलाई पटक–पटक अनुरोध गरेको बताएको छ । करिब १२ हजार ४०० घरधुरी रहेको यस नगरपालिका क्षेत्रमा बर्सेनी आगलागीका घटना हुँदै आएको नगर अधिकृत विकास सुन्दास बताउँछन् । तर आगलागी भएको बेला नियन्त्रण गर्न त्रियुगा नगरपालिका गाईघाट तथा सप्तरीबाट दमकल मगाउन बाध्य हुन परेको नगरपालिकाका पदाधिकारी बताउँछन् ।
दुई वर्षअघि बसाहा क्षेत्रमा आगलागी हुँदा सप्तरीबाट दमकल मगाएर अग्नि नियन्त्रण गर्न बाध्य हुन परेको बेल्टारका स्थानीयवासी देवेन्द्र कटुवाल बताउँछन् । सम्बन्धित मन्त्रालयले दुई नगरपालिका बराबर एक दमकल व्यवस्थापन गरिदिने नीति रहेको भए तापनि उदयपुरको दुई नगरपालिका कटारी तथा बेल्टार बसाहा नगरपालिका कुनैले पनि दमकल प्राप्त गर्न नसकेको सम्बन्धित पदाधिकारी बताउँछन् ।
विशेष गरेर नगरका बजार क्षेत्रमा आगलागी हुँदा दमकलको अभावमा बजार क्षेत्रका घर बचाउन समस्या हुने गरेको सम्बन्धित पदाधिकारी बताउँछन् । चुरे क्षेत्र तथा वनक्षेत्र निकटका नगरपलिका भएको कारण यी नगरपालिका क्षेत्रहरुमा बर्सेनि आगलागीका घटना हुँदै आएका छन् । यसतर्फ सम्बन्धित निकायको उचित ध्यान जान आवश्यक रहेको कटारी तथा बेल्टार नगर क्षेत्रका आम जनताको धारणा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण