शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

इक्वेडरमा एक हप्तापछि पनि शक्तिशाली भूकम्प

आइतबार, १२ वैशाख २०७३, ०९ : ०१
आइतबार, १२ वैशाख २०७३

क्विटो– इक्वेडरको तटिय क्षेत्रमा गत हप्ता गएको शक्तिशाली भूकम्पपछि पनि बारम्बार ६ रिक्टर स्केलसम्मको पराकम्पन आएको छ ।

गत बिहीबार पनि करिब १० बजे इक्वेडरको तटीय क्षेत्रमा ६.० रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका अनुसार ७.८ रिक्टर स्केलको मापन गरिएको यो भूकम्पमा परी हालसम्म ६०२ व्यक्तिको मृत्यु हुनुका साथै अन्य १२ हजार ४९२ जना घाइते भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । त्यसैगरी अझै पनि १३० जना सो भूकम्पमा बेपत्ता रहेको बताइएको छ ।

यस भूकम्पबाट ७ हजार घर ध्वस्त हुनुका साथै २ हजार सात सयभन्दा बढी क्षतिग्रस्त भएको छ ।

सरकारी अधिकारीहरुले गत बिहीबार दिएको जानकारीअनुसार यस भूकम्पमा परी २७ जना विदेशी नागरिकको समेत मृत्यु भएको छ ।

राजधानी क्विटोबाट १६० किलोमिटर टाढा रहेको म्युसिनी सहरलाई केन्द्रविन्दु बनाएर गएको यो भूकम्पको जमिनसतहबाट १९ किलोमिटर गहिराईमा रहेको थियो ।

इक्वेडरमा त्यसपछि पनि पटकपटक शक्तिशाली भूकम्प गइरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप