शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

आइतबार, १२ वैशाख २०७३, ०९ : ४९
आइतबार, १२ वैशाख २०७३

लहान– पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–९ स्थित सडकखण्डमा गएराति नम्बर खुल्न नसकेको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरहाको छर्रापट्टी–१९ निवासी ५० वर्षीय राजेन्द्र साह रहेको प्रहरीले जनाएको छ । राति १२ बजेतिर उक्त स्थानमा हिँड्दै गरेका साहलाई मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका साहलाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप