भूकम्पको एक वर्ष : सशस्त्र प्रहरीले ल्यायो ‘हराएको खुसी’
काठमाडौं–वैशाख १२ गतेको विनाशकारी भूकम्पमा भग्नावशेषमा पुरिएर पनि बाँच्न सफल तथा उनीहरुलाई बचाउनेहरुको स्मरण समेटेर सशस्त्र प्रहरी बलले निर्माण गरेको १ घण्टा २५ मिनेट लामो ‘हराएको खुसी’ नामक वृत्तचित्र वैशाख १२ को भूकम्प दर्पण हो ।
वृत्तचित्रमा सशस्त्र प्रहरी बलका कर्मचारीहरुले भूकम्पका समयमा भग्नावशेषको भित्रसम्म पुगी छायाकंन गरिएका जीवन्त दृश्यहरु समावेश गरिएको छ । वैशाख १२ गते आफ्नो नौ महिने छोरीसहित भग्नावशेषमा पुरिएकी दाङकी खीमा ओलीलगायत कीर्तिपुरकी सजना महर्जन तथा उनको परिवार, स्वयम्भूका निमा रुम्बा, एउटा हात गुमाएकी सिन्धुपाल्चोककी दिव्या श्रेष्ठ, उनकी आमा र सिन्धुपाल्चोककै एक शिक्षिकाको भूकम्प अनुभव पनि वृत्तचित्रमा समावेश गरिएको छ ।
वृत्तचित्रको मध्यभागमा एउटा खुट्टा गुमाएका अर्घाखाँची ढाकावाङका ऋषी खनाल जो ४ दिनसम्म आफ्नै पिसाव पिएर बाँचेका थिए । उनको वेदनालाई पनि भावनात्मक रुपमा प्रस्तुत गरिएको छ । आफ्नो श्रीमती र सन्तान भग्नावशेषमा पुरिँदा समेत उनीहरुको मृत अनुहार हेर्दै उद्दारमा क्रियाशिल हुने सशस्त्र प्रहरीका रामकृष्ण थापा र सञ्जय ठाकुरको वेदना पनि वृत्तचित्रले समेट्न भ्याएको छ ।
सतुङ्गलकी राधिका राजभण्डारीसँगै ७ वर्षीया बालिका कृतिका ओलीको भूकम्पमा पुरिँदाको अनुभव र भूकम्प गएको ६ दिनपछि भग्नावशेषबाट सशस्त्र प्रहरीले सकुशल उद्दार गरेका नुवाकोटका पेम्बा तामाङको कथा पनि वृत्तचित्रमा समेटिएको छ । यो सामाग्रीमा कालको मुखबाट फुत्कनेहरु, भाग्यले बाँचेका र बचाईएकाहरु र आफ्ना गुमाएर अरुलाई बचाउनेहरुको कथा व्यथा भावनात्मक रुपमा समेटिएको छ ।
वृत्तचित्रमा सशस्त्र प्रहरी बलले उद्दारमा देखाएको साहस, कौशल र सफलतालाई पनि समेटिएको छ भने बाँच्न सफल भएकाहरुले गरेका प्रशंसालाई पनि उल्लेख गरिएको छ । उद्दारकहरुको स्मरणलाई समेत तरिकाबद्ध रुपमा प्रस्तुत गरी निर्माण गरिएकोले हेरुञ्जेल कुनै श्रव्यदृश्य सामाग्री नभई उद्दारका जीवन्त दृश्य प्रत्यक्ष अवलोकन गरिरहेको अनुभव हुन्छ । धेरैलाई पुनर्जन्म दिने उद्दारकहरुले पनि विपद् सम्बन्धी संगठनको पूर्व–तयारीका कारण आफूहरुले धेरैको ज्यान बचाउन सकेको र आफूलाई राज्यले सोही कार्यका लागि राखेको र आफ्नो सफलतामा गर्व लागेको धारणा व्यक्त गरेका छन् ।
करिब डेढ घण्टाको वृत्तचित्रमा पिडितहरुका शब्दले त्यो त्रासदीपूर्ण दिनमा एउटा नेपाली दाजुभाई दिदीबहिनीलाई कतिसम्म पिडा भएको थियो भन्ने कुरा देखाउन खोजिएको छ । जसले भूकम्प पश्चात कस्तो–कस्तो अवस्था हुने रहेछ र सो बाट बच्ने उपायका बारेमा खोजी गर्न बाध्य पार्छ । सुन्दा लामो लाग्ने तर हेर्दै गएपछि जो कोहीको मन भक्कानिएर आँखा रसाउने यस वृत्तचित्रमा भूकम्पका समयमा सामाजिक सञ्जालमा आएका सिसिटिभी फुटेज र ड्रोनबाट खिचिएका अन्य केही दृश्यहरु सापटी पनि लिइएको छ ।
सशस्त्र प्रहरी बलको श्रव्यदृश्य शाखाबाट निर्मित यस वृत्तचित्रलाई सशस्त्र प्रहरी निरीक्षक दिपक कोइरालाले निर्देशन गरेका छन् भने सशस्त्र प्रहरी नायव निरीक्षक कपिन्द्र थापाको छायाङ्कन र सशस्त्र प्रहरी बरिष्ठ हवल्दार लोक बहादुर कट्वालले सम्पादन गरेका छन् । वृत्तचित्रलाई निर्देशक कोइरालाको शब्दलेखन र आवाजले अझैँ मार्मिक बनाइदिएको छ, जसका कारण दर्शक वृत्तचित्र नसकुञ्जेल हेरिरहन बाध्य हुन्छन् । यो वृत्तचित्र एउटा दस्तावेज बनिरहने र भावी पुस्ताले समेत वैशाख १२ को भूकम्पलाई चाहेको बेला हेर्न र महसुस गर्न सकिनेछ । वृत्तचित्र सशस्त्र प्रहरी बलले आफ्नो अफिसियल यूट्यूव तथा फेसबुक पेजमा पनि राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण