विकास सहायता प्रतिवेदन सार्वजनिक
काठमाडौ– सरकारले मुलुकको आर्थिक एवम् सामाजिक उन्नयनका निम्ति अन्तर्राष्ट्रिय समुदाय र निकायबाट प्राप्त भौतिक एवम् आर्थिक सहायतासम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।
अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो आवको वैदेशिक सहायता प्रतिवेदन सार्वजनिक गर्दै वैदेशिक सहायताको सदुपयोग गर्न तथा त्यसलाई अझ व्यवस्थित एवम् उपयोगी तुल्याउन सरकार दृढ रहेको बताए । वैदेशिक सहयोगको पारदर्शिता तथा प्रभावकारिताका निम्ति प्रस्तुत प्रतिवेदन सहयोगी हुने विश्वास उनले व्यक्त गरे ।
प्रतिवेदनमा विश्व बैंक, एसियाली विकास बैंक जस्ता बहुपक्षीय संस्था तथा भारत, चीन, अमेरिका, संयुक्त अधिराज्य लगायत द्विपक्षीय मुलुक र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट अघिल्लो आवमा प्राप्त नगद, जिन्सी तथा प्राविधिक सहायतासम्बन्धी विवरण समेटिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण