भूकम्पपछिको पुनःनिर्माणका लागि इयुद्वारा एघार अर्ब बढी सहयोग
काठमाडौँ– युरोपेली सङ्घ (इयु)ले भूकम्पपछिको पुनःस्थापना तथा पुनःनिर्माणका लागि नेपाललाई रु ११ अर्ब ६८ करोड ५० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
इयुले सरकारलाई रु ११ अर्ब नौ करोड ५० लाख ‘बजेटरी’ सहयोग तथा रु ५९ करोड प्राविधिक सहयोग गर्नेसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भयो । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि इयुको प्रतिनिधिमण्डलका राजदूत रिन्चे टिरिङ र मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले सो सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन गत वर्ष यहाँ भएको अन्तर्राष्ट्रिय सम्मेलनमा इयुले उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो ।
प्राविधिक सहायता अन्तर्गत उपलब्ध हुने रकम सार्वजनिक वित्त व्यवस्थापन, पारदर्शिता र जवाफदेहिता सुदृढ गर्न उपयोग गरिनेछ । सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी काम आगामी सात वर्षसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण