शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बारबारा एडम्सको शव एकेडेमीमा

आइतबार, १२ वैशाख २०७३, १२ : ५४
आइतबार, १२ वैशाख २०७३

काठमाडौँ– यही वैशाख १० गते निधन भएकी पत्रकार बारबारा एडम्सको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा सोमबार बिहान ९ देखि ११ बजेसम्म राखिने भएको छ ।

त्यसै दिन एडम्सको अन्तिम चाहना बमोजिम उनको दासंस्कार पशुपति आर्यघाटमा गर्ने कार्यक्रम तय गरिएको छ बारबरा शान्ति प्रतिष्ठानले जनाएको छ ।

बेलायती महारानी एलिजावेथ द्वितीयाको नेपालमा सम्पन्न राजकीय भ्रमणको सिलसिलामा उनी सन् १९६० मा पहिलो पटक नेपाल आएकी थिइन् । नेपाल आएपछि उनी मृत्युपर्यन्त नेपालमै रहँदै आएकी थिइन् । नेपालमा व्यावसायिक पर्यटनको सुरुआत तथा प्रवद्र्धन गर्न एडम्सको अमूल्य योगदान रहेको छ । नेपाली समाजका विविध विधामा उनले स्वतन्त्र कलम चलाउँदै आएकी थिइन् ।

उनले २०६५ सालमा नेपाली नागरिकता प्राप्त गरेकी थिइन् । उनी पछिल्ला वर्षमा नेपालको सुदूरपश्चिमका बैतडी र दार्चुला जिल्लाका भूमिहीन र सुकुम्बासीका लागि घर बनाउने अभियानमा सक्रिय थिइन् । उनले खोजी पत्रकारिताको संस्थागत विकास होस् भन्ने उद्देश्यले त्रिवि, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा ‘बारबरा एडम्स खोजी पत्रकारिता सम्मान’ स्थापना गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप