शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चुच्चेपाटीबाट समातिए एक किलो सुन बोकेका युवा

आइतबार, १२ वैशाख २०७३, १४ : ३२
आइतबार, १२ वैशाख २०७३

काठमाडौं–बौद्ध चुच्चेपाटी बस्ने सिन्धुपाल्चोक फुल्पिङकट्टि–१ घर भएका २४ वर्षीय उमेश सेवालाई प्रहरीले १ के.जी.सुन सहित पक्राउ गरेको छ ।

सेवाले भन्सार छली अवैधरुपमा सुन तस्करी गरी बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत बौद्धबाट खटिएको प्रहरी टोलीले शनिबार चुच्चेपाटीबाट उनी सवार बा.७२ प २३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको सिट मुनी लुकाई छिपाई राखेको अवस्थामा उक्त सुन बरामद भएको थियो । यस सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप