युएईमा घन्कियो पञ्चैवाजा (भिडियोसहित)
युएई–ठुलो हल । मान्छेको चलहलपल । उस्तै गर्मी । सबै नेपाली भाषामा कुराकानी गर्न ब्यस्त । लाथ्यो नेपालको कुनै पाटी प्यालेसमा कुनै नेताको भाषण भईरहेछ । अधिकाशं पुरुषको शिरमा पाल्पाली ढाकाको टोपी । महिला गुन्यू चोलीमा । यस्तो दृश्य देखीएको हो, गत शुक्रवार युएईको वरदुवईमा रहेको ईम्पेरीयल होटलमा । रोजगारीको लागी पाल्पा जिल्लावाट युएई आएकाहरुको संगठन पाल्पाली समाज युएईको पहिलो बार्षिक साधारण सभाका आयोजकले उपस्थितलाई ढाकाको टोपी मात्र लगाईदिएन प्रवासमा नै पहिलोपटक पञ्चैवाजाको स्वाद चखायो । अधिंकासको छुट्टी शुक्रवार हुनाले पनि बाक्लो उपस्थिीती थियो हलमा । आयोजकले आफ्नो साधारण सभा गरीरहदा विचमा पञ्चैवाजासहित एक टोली आयो । मगर संघ युएईको पञ्चैवाजा आएपछि ले सवैको ध्यान पञ्चैवाजामा गयो । सवै मुखामुख गर्दै थिए । पञ्चैवाजाको साथमा आएका थिए, निर्माता, निर्देशक तथा गायक नारायणा रायमाजी र गायिका जमुना राना । ३ दशक नेपाली सांगेतिक क्षेत्रमा खर्चिएका नारायण रायमाजी दंग र हर्षित देखीन्थे । ‘कार्यक्रमको लागी विभिन्न देश गएको छु । तर यस्तो पहिलोपटक पाए । खुसी लाग्यो । मलाई त नेपालकै कुनै ठांउमा कार्यक्रम गरीरहेझै लाग्यो ।’ गायक राजमाझीले भने । उनलाई स्टेजमा चढ्नेवित्तिकै आयोजकलाई पाल्पाली ढाकाको टोपीले सम्मान गर्यो । संगै आएकी जमुना पनि मख्ख देखीन्थीन् । दोस्रो पटक युएई आएकी राना आफु बढो भाग्यमानी भएको महसुस भएको वताउदै पाल्पाली समाज युएईले आफ्नो ठांउभन्दा टाढा भएर पनि आफ्नो संस्कृती जोगाउन खेलेको भुमिका महत्वपुर्ण भएको प्रतिक्रिया दिईन् । कार्यक्रमका सांस्कृतिक कार्यक्रम संयोजक कैलाश अर्यालले आफ्नो मैलिक परम्पराको निरन्तरताको लागी नेपाली पञ्चैवाजासहित पाल्पाको चिनारी ढाकाको टोपी लगाईदिएको वताए । कार्यक्रममा राजमाजीले कालो वादल निलो आकाशमा, नमुछे आमा दहिमा टिका, बल्लै भो भेट, लाहुरेदाईले लगाएतका दर्जन गित गाए यस्तै गायिका रानाले पनि आफ्ना आधा दर्जन गितहरु प्रस्तुत गरीन् । कार्यक्रमका सहभागीले उनीहरुलाई नाचेर साथ दिएका थिए ।
https://www.youtube.com/watch?v=WvVICSR9PUgखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण