शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पुरुषभन्दा महिला मतदाता वृद्धि

आइतबार, १२ वैशाख २०७३, १४ : ५४
आइतबार, १२ वैशाख २०७३

पर्वत - यहाँ पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या झन्डै १० प्रतिशतले बढी रहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म सङ्कलन गरिएको नामावलीका आधारमा पुरुषको तुलनामा महिला ९ दशमलब २६ प्रतिशतले बढी भएका हुन् । अहिलेसम्म जिल्लामा ९७ हजार एक सय ८८ जनाको तस्बिरसहितको मतदाता नामावली सङ्कलन भएको छ । तीमध्ये महिला ५० हजार ९५३ छन् । जिल्लाको कुल जनसङ्ख्या एक लाख ४६ हजार रहेकामा महिलाको सङ्ख्या पनि बढी छ । पुरुष रोजगारीका लागि बिदेसिने क्रम बढेको र स्वदेश फर्किएका बेलामा पनि मतदाता नामावली दर्ता नगराएकाले यति धेरै फरक देखिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो । यसैबीच जिल्ला निर्वाचन कार्यालयले हालै सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा तीन हजारभन्दा बढी मतदाता थपिएका छन् । पछिल्लो समयमा जिल्लाका ३२ गाविस, दुई स्थानमा सञ्चालित घुम्ती शिविर, जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय मार्फत सञ्चालन गरिएको अभियानमा तीन हजार चार सय १५ जनाले मतदाता नामावलीमा नाम लेखाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप