शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नागढुंगामा भीषण आगलागी, राजमार्ग अबरुद्व

आइतबार, १२ वैशाख २०७३, १६ : १९
आइतबार, १२ वैशाख २०७३

काठमाडौं– राजधानीको नागढुंगा नजिकैको जंगलमा आइतबार  भीषण आगलागी भएको छ । काठमाडौं र धादिङको सीमाक्षेत्रमा भएको आगलागीका कारण दिउँसो केहिबेर राजमार्गसमेत अरुद्व भएको ट्राफिक महाशाखाले जनाएको छ । आगलागीको सुचना पाएलगत्तै पुगेको सेना, प्रहरी , स्थानीय तथा दमकलको सहयोगमा राजमार्ग आसपासको आगलागी नियन्त्रणमा लिएर सवारी सञ्चालनमा आएपनि हालसम्म डढेलो भने नियन्त्रणमा आउन सकेको छैन । प्रहरीका अनुसार अहिले पनि डढेलो निभाउने कार्य जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप