वर्षा अगाडि नै भूकम्पपीडितको हातमा दुई लाख : सरकारका प्रवक्ता
भक्तपुर - सरकारका प्रवक्ता शेरधन राईले सरकारले आजदेखि पुनःनिर्माणको काम तीव्र रुपमा गर्ने बताएका छन् ।
रफत सञ्चार क्लबले आज गत वर्षको भूकम्पमा ज्यान गुमाएकी कल्पना थापाको स्मृति पुरस्कार कोषको स्थापना कार्यक्रममा उनले वर्षाअघि नै भूकम्पपीडितका हातमा रु दुई लाख प्रदान गर्ने सरकारको योजना रहेको जानकारी दिए । सरकारले सामूहिक बस्तीको विस्तार गर्दै पीडितको घाउमा मलम लगाउने प्रयास गरिरहेको पनि मन्त्री राईले बताए ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारको पारिश्रमिकका बारे सरकारलाई बुझाएको प्रतिवेदन छिट्टै मन्त्रिपरिषद्मा लैजाने तयारी भएको बताउँदै सूचना तथा सञ्चारमन्त्री राईले भने –“अब कुनै पनि पत्रकार पारिश्रमिकबाट वञ्चित हुँदैनन् । ”
कार्यक्रममा कल्पना स्मृति कोषका संरक्षक (कल्पनाका पिता) प्रेमबहादुर थापाले भक्तपुरको सूर्यविनायक शाखाको राष्ट्रिय वाणिज्य बैंकको कोषको खाता नं १३७०००००२३०६ मा रु दुई लाख ३३ हजार जम्मा गरिएको घोषणा गर्दै आफ्नो निजामती सेवाबाट सेवानिवृत्त भएबापत प्राप्त रकममध्येको केही रकम कोषलाई हस्तान्तरण गरे ।
क्लबका सदस्य ३७ वर्षीया कल्पनाको गत वर्ष वैशाख १२ गतेको भूकम्पमा भक्तपुर नगरपालिका वडा नं २ जेलास्थित आफ्नै घरमा निधन भएको थियो । खेल गतिविधिमा समेत विभिन्न पदक प्राप्त गर्नुभएकी थापा नाट्य विधामा समेत परिचित थिए । मृतकका पति सरोजराज गोसार्इं, चार वर्षीय छोरा सौरभ र आठ वर्षीया छोरी कसमी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण