शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कनकमणिलाई डिस्चार्ज गर्न अस्वीकार

आइतबार, १२ वैशाख २०७३, १६ : ३१
आइतबार, १२ वैशाख २०७३
काठमाडौं– वीर अस्पतालको आईसियुमा रहेका साझा यातायातका अध्यक्ष कनकमणि दिक्षीतलाई डाक्टरहरुले डिस्चार्ज गर्न अस्वीकार गरेका छन् । अकुत सम्पत्ती प्रकरणमा शुक्रवार अख्तियारद्वारा पक्राउ परेका दिक्षीतलाई शनिवार विर अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचाप बढेपछी विर अस्पतालको आईसियुमा उपचार गराईरहेका दिक्षीतलाई आईतबार विशेष अदालतमा बयानका लागी लैजाने भनिएपनि डाक्टरहरुले उनलाई डिस्चार्ज गर्न अस्विकार गरेका थिए । दिक्षीत विशेष अदालतमा हाजीर हुन नसक्ने भएपछि बहसका लागि अख्तियार र दिक्षीत पक्षका करिब दुई दर्जन कानुन ब्यवसायीहरु विशेष अदालत पुगेका थिए । त्यसरी हुल बाँधेर गएका वकिलहरु मध्ये अख्तियार र दिक्षीत पक्षका चार–चार जना वकिलहरु राखेर अहिले बहस भईरहेको बताईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप