शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

राप्रपा नेपालले सिद्धान्त त्याग्दैनः गणेश थापा

आइतबार, १२ वैशाख २०७३, १६ : ४०
आइतबार, १२ वैशाख २०७३
मकवानपुर – राप्रपा नेपालका नेता तथा सांसद गणेश थापाले पार्टीले सिद्धान्त र बिचार परित्याग गर्ने कुरा कल्पना बाहिरको भएको भन्दै केहि व्यक्तिहरु भने अहिले गलत प्रचारमा लागेको टिप्पणी गरेका छन् । राप्रपा नेपाल मकवानपुरद्वारा छतिवनको भिरकोटमा आयोजित सभालाई सम्बोधन गर्दै उनले राप्रपा नेपालले अबलम्बन गरेको निति,बिचार र सिद्धान्तप्रतीको आकर्षणले आफु राजनितीमा सकृय भएको भएको समेत बताए । बिचार र सिद्धान्त बिहिन पार्टीको प्रगती नहुने भन्दै राप्रपा नेपालको बढ्दो लोकप्रीयताबाट कोहि चिन्तित भएको हुन सक्ने हुँदा अफवाह र दुष्प्रचार स्वभाबिक हुने तर त्यसलाई चिर्न सक्नु अहिलेको प्रमुख आबस्यकता भएको टिप्पणी गरे । ‘राप्रपा नेपाल बलियो हुँदा कसलाई घाटा हुन्छ थाहा छैन तर ढुक्क भए हुन्छ देश र जनतालाई भने अवश्य फाइदा हुनेछ’, थापाले थपे । लामो समय आफुले खेल क्षेत्रमा बिताएको र खेलमा सबै मिलेर जित निकाल्न सकिएजस्तै राजनितीमा पनि त्यसरि नै मिलेर जनसेवा गर्ने सोचमा रहेको समेत बिचार व्यक्त गरे । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि राप्रपा नेपाल प्रवेश गर्ने ब्यक्तिहरुलाई थापाले पार्टी सदस्यता प्रदान गरेका थिय । सो अबसरमा पार्टीका केन्द्रिय सदस्यहरु दिपक सिह , मधु अधिकारी र राजाराम बर्तौलाले राप्रपा नेपाललाई मुलुकको पहिलो शक्ति निर्माण गर्न देशब्यापी संगठन सुदृढीकरण अभियान संचालन गर्दै अघि बढ्ने बिछार व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप