भुकम्पको एक वर्षः न सास भेटियो न लास
आइतबार, १२ वैशाख २०७३, १७ : ११
गुल्मी – मोवाइलमा राखिएको उनको तस्वीर हेर्दा भर्खरै वोल्छन् कि जस्तो । तर, एक वर्षअघि अर्थात बैशाख १२ को विनासकारी भुकम्प जाँदा पहाडै खसेर उनलाई पुर्यो । उनको न सास भेटिएको छ न लासनै । तर, उनको काज किरिया समेत गरिसके परिवारले ।
[caption id="attachment_45708" align="alignright" width="480"] भुकम्पको केहि समय अघि तस्वीरमा श्रीमति प्रकृतिका साथ अर्याल[/caption]
उनि अर्थात घमिर घर भई रसुवागढी भन्सार कार्यालयका सुव्वा ३६ वर्षिय खेतबहादुर अर्याल । जो उक्त दिन भुकम्प संगै त्यस कार्यालय माथीको विशाल पहाड खसेर पुरिएका थिए । उनी मात्र होईन उनी संगै त्यस कार्यालयका पाँच जना कर्मचारीहरु पुरिएको त्यस कार्यालयले जनाएको छ ।
उनीहरु सवैका परिवारजनको पिडा एउटै छ आफ्नो मान्छेको न सास देख्नु छ न लास , तर काज किरिया गर्न भने बाध्य हुनु पर्ने । आज ठ्याक्कै एक वर्ष पुरा भएको यस दुखत घडीमा उनै अर्यालयकी श्रीमति प्रकृति बस्नेत भावुक भइरहिन् ।
लामो भावुकतापछि मंसिर महिनामा आफुले काज किरिया गरेको उनले बताईन् । उनी पनि भन्सार कार्यालय त्रिपुरेश्वर शाखामा सुव्वा तहमा कार्यरत छिन् ।
उनका परिवारजनले धेरै लामो समय सम्म त्यो कुरा श्रीमति प्रकृतिलाई लुकाएर राखे । प्रकृतिको माईती गुल्मीकै चारपाला हो । तिन वर्ष अघि विवाह भएका उनिहरुको सन्तान नभएको बताईन्छ ।
छ महिना सम्म उनका धेरै जना आफन्तहरुले समेत पैसा खर्च गरेर त्यस पहिरोमा खोजेको तर फेला पार्न नसके पछि आशा मारेर काज किरिया गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण