शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चाँडै संसद् आह्वान गरिनेछ : सभामुख

आइतबार, १२ वैशाख २०७३, १७ : १५
आइतबार, १२ वैशाख २०७३

काठमाडौँ - सभामुख ओनसरी घर्तीले संविधानअनुसार जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने हुँदा चाँडोभन्दा चाँडो संसद् अधिवेशन आह्वान गरिने बताएकी छिन् ।

नेपाल र बेलायतबीच दौत्य सम्बन्ध कायम भएको २०० वर्ष पुगेका अवसरमा बेलायत जानुभएका सभामुख ओनसरी घर्तीले आज स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अब संसद् नियमावलीको काम पनि टुङ्ग्याइने जानकारी दिइन् ।

बेलायती संसद्को औपचारिक निमन्त्रणमा सात सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ यही वैशाख ४ गते त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।

प्रतिनिधिमण्डलले नेपाल र बेलायत सम्बन्धका साथसाथै त्यहाँका संसदीय प्रणाली, संसदीय अभ्यास, संरचनाको अवलोकन र त्यहाँको एउटा प्रान्त उत्तरी आयरल्यान्डको पनि भ्रमण गरेको थियो ।

प्रतिनिधिमण्डलमा प्रमुख सचेतकहरु नेपाली काँग्रेसका चीनकाजी श्रेष्ठ, नेकपा ९एमाले०का भानुभक्त ढकाल, एकीकृत नेकपा ९माओवादी०का हितराज पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलनाथ गिरीका साथै संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र सचिव मुकुन्दप्रसाद शर्मा पनि रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप