शिक्षक नियुक्तिको बिषयलाई लिएर बिद्यालयमा तनाव
इटहरी – सुनसरीको इटहरीमा रहेको जनता उच्च मा.विमा शिक्षक नियुक्ति गर्ने विषयमा अनियममिता भएको भन्दै विवाद उत्पन्न भएको छ । विद्यालयमा रिक्त रहेको ३ पदमा शिक्षक नियुक्तिमा अनियमितता गरेको भन्दै नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितीले तालाबन्दी गरेपछि विवाद उत्पन्न भएको हो । विद्यालयले शिक्षक नियुक्तिका लागि आइतबार लिखित परिक्षा लिने बताएको थियो तर विद्यार्थी संघले विहानै ताला लगाएपछि लिखित परिक्षा हुन सकेन । परिक्षा लिने तयारी गर्दै गर्दा नेविसंघले अनियमिताको विषयमा छानविन गर्न र पुन परिक्षा गर्न माग गर्दै तालाबन्दी गरेपछि परिक्षा स्थगित बनेका थियो । तर विद्यालय प्रशासनले ताला फुटाएर परिक्षा सञ्चालन गर्न प्रयत्न गरेपछि विवादले उग्र रुप लिएको थियो । अर्को तर्फ अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्यवियु)ले भने परिक्षा सञ्चालन गर्न माग गर्दै विज्ञप्ती जारी गरेपछि दुई विद्यार्थी संगठन विच दोहोरो झपडको स्थिती आएको थियो । तर प्रहरीले विचमा झडप हुन बाट दिएन । त्रिपक्षीय विवाद भएपछि स्थगित भएको शिक्षक नियुक्तिको परिक्षा थप १० दिनका लागि स्थगित गरिएको नेविसंघका जिल्ला सचिव मन्दिप भट्राईले जानकारी दिए । विद्यालय प्रशासन, दुई विद्यार्थी संगठन र स्थानिय राजनितिक दलका प्रतिनिधिहरु सहितको सर्वपक्षिय वार्ताले १० दिनका लागि परिक्षा स्थगित गर्ने निणर्य गरेको हो । १० दिन भित्रमा विवादका विषयमा छानविन गरि समस्या समाधानको लागि पहल गर्दै परिक्षा सञ्चालन गर्ने सहमति भएको सचिव भटट्राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण