शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

फेरि अर्का ह्याकर पक्राउ

आइतबार, १२ वैशाख २०७३, १७ : २३
आइतबार, १२ वैशाख २०७३
काठमाडौं– झण्डै २ सय ओटा वेवसाइट ह्याक गरेको अभियोगमा एक युवा पक्राउ परेको घटना सेलाउन नपाउँदै फेरि इमेज च्यानलको फेसबुक पेज ह्याक गरेको अभियोगमा नेपालगञ्जमा ताजा मिडिया संचालन गर्दै आएका प्रेम बहादुर बिक समातिएका छन् । इमेज च्यानलका फेसबुक पेज मध्ये ‘इमेजखबर’ नामक पेज ह्याक गरेर बि.कले अर्को पेजमा मर्ज गरेको उजुरी परेपछि महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो । उक्त पेजको करिब १५ लाख भन्दा बढी लाईक रहेको इमेज च्यानलले जनाएको छ । प्रेम बहादुरले सो पेज ह्याक गरी नयाँ फेसवुक पेज ‘भाइरल खबर’ नामक पेज बनाएर संचालनमा ल्याएका थिए । विकलाई विद्युत्तिय ऐन अन्तर्गत अनुसन्धान भईरहेको अपराध महाशाखाले जनाएको छ । २८ वर्षीय विक बर्दियाको देउडाकला–३ का स्थायी बासीन्दा भएपनी नेपालगञ्जमा बस्दै आएका थिए । प्रवेशीका परिक्षा उतिर्ण गरेका वि.क.को साथबाट दुई थान ल्यापटप र दुई थान मोवाईल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप