समान, तलब र अवसर दिन ब्रिटिस गोर्खा सङ्घर्ष समितिको माग
काठमाडौं - ब्रिटिस गोर्खा सत्याग्रह सङ्घर्ष समितिले बेलायती सैनिक सरह समान, तलब, पेन्सन, सुविधा र अवसरको माग गरेको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष लालबहादुर घिसिङले आफूहरुले समानताका लागि २५ वर्षदेखि आन्दोलन गर्दै आएकामा बेलायत सरकारले पटक पटक माग पूरा गर्ने आश्वासन दिए पनि पूरा हुन नसकेको बताए ।
भिक्टोरिया क्रस पदक विजेता क्या रामबहादुर लिम्बूले समान अधिकारका लागि अब भूपू गोर्खा सैनिक एकीकृत भएर आन्दोलन गर्नुपर्नेमा जोड दिँदै नेपाल सरकारले पनि यसमा कूटनीतिक पहल गर्नुपर्ने माग गरे ।
प्रवक्ता क्याप्टेन हिमाल राईले आफूहरुको माग पूरा नहुनु सम्पूर्ण नेपाली जनताको माग पूरा नहुनु जस्तै भएकाले नेपाल सरकारले यसमा गम्भीर पहल लिनुपर्नेमा जोड दिए । पूर्व मिस नेपाल सुविन लिम्बूले बेलायती सरकारले ३० वर्षमुनिका ब्रिटिस गोर्खाका छोराछोरीलाई आवासीय प्रवेशाज्ञा दिने सहमति गरे पनि सबैले सो सुविधा प्राप्त गर्न नसकेको गुनासो गरे ।
परराष्ट्र मन्त्रालयले सो विषयमा दुई पटक बेलायत सरकारलाई पत्र पठाइसकेको, नेपाल सरकारले वार्ता टोली गठन गर्ने प्रतिबद्धता व्यक्त गरेको तथा अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री कमल थापाले बेलायत आएर उक्त विषयमा कुरा गर्ने भनेकाले आफूहरुले बेलायती सरकारलाई दिएको समयसीमाको अवधि बढाएको जानकारी गराइएको छ । उनीहरुको माग पूरा भए प्रतिमहिना रु १९ करोड पाउन्ड स्टर्लिङ नेपाल भित्रिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण