आगामी २०२६ सम्म नेपाललाई औंलोमुक्त बनाउने लक्ष्य
आइतबार, १२ वैशाख २०७३, १७ : २८
काठमाडौं–सरकारले आगामी २०२६ सम्ममा औंलोमुक्त नेपालको परिकल्पना सहित कार्यक्रमहरु सार्वजनीक गरेको छ । विश्व औंलो दिवसको पुर्व सन्ध्यामा काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा २०२६ सम्ममा औंलोमुक्त नेपालको दुरगामी लक्ष्यको परिकल्पना गरेको छ ।
सोहि अनुसार सरकारले २०१४–०२६ को परिकल्पना तयार गरी कार्यान्वयन शुरु गरेको छ । अबको महत्वपुर्ण कार्य भनेको हालप्राप्त उपलब्धिलाई संस्थागत गर्दै औंलो कार्यक्रमलाई औंलो निवारणको दिशातिर लैजानु रहेको ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले बताए ।
सरकारले रणनीतिक योजना अनुसार औंलो ग्रसित क्षेत्रहरुलाई सुक्ष्मिकरण गरी जोखिमको आधारमा वर्गीकरण गर्ने योजना गरेको पनि बताए ।
डाक्टर मरासिनीका अनुसार सरकारले सन् २०१८ सम्ममा स्थानीय रोगीहरुको संख्या हालको भन्दा ९० प्रतिशतले घटाउने र स्थानीय औंलो संक्रमण भएका गाविसहरुको संख्यामा ७० प्रतिशतले घटाउने लक्ष्य लिएको छ ।
हरेक अप्रिल २५ का दिन मनाउने विश्व औलो दिवसको नारा “सदाका लागि औलोको अन्त्य गरौं” भन्ने रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण