एके–४७ हतियारसहित पाँच भारतीय प्रहरी डोटीबाट पक्राउ
भीमदत्तनगर - भारतको पञ्जाबबाट अपराधी खोज्न भन्दै हिँडेका भारतीय प्रहरी निरीक्षकसहित पाँच जना भारतीय प्रहरी सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम डोटीबाट आइतबार बिहान पक्राउ परेका छन् ।
पश्चिमी नाका गड्डाचौकी भएर हतियारसहित सादा पोसाकमा नेपाल पसेका ती प्रहरीलाई डोटी प्रहरीले सानागाउँ, चौखुट्टे नजिकैबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । सानागाउँ डोटी र अछामको सीमा क्षेत्र हो ।
‘पाँच जना भारतीय प्रहरी पञ्जाबको डाक्टर हत्या प्रकरणका आरोपितलाई खोज्न भन्दै अछाम जान लागेका बेला पक्राउ परेका हुन्,’ प्रहरीले स्रोतले भन्यो – ‘उनीहरुले बाटो देखाउन भन्दै पञ्चाबबाटै अछामका एक स्थानीयवासीलाई लिएर हिँडेका थिए ।’
स्रोतका अनुसार उनीहरुसँग एक थान एके–४७ तथा त्यसमा लाग्ने गोली २५ थान र पेस्तोल तथा गोली १२ थान समेत भेटिएको छ ।
उनीहरु वनबासा सीमा क्षेत्रसम्म पोसाकमा आएको र सीमा वारि आइसकेपछि सादा पोसाकमा भित्रिएको थाहाभएको छ । उनीहरु निजी जीप लिएर डोटी पुगेका थिए । पाँचै जनालाई कैलाली ल्याइँदैछ । हतियारसहित भारतीय सुरक्षाकर्मी नेपाल आउजाउ गर्न पाउँदैन । यस घटनाबारे जान्न खोज्दा सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी विजयराज भट्टले विस्तृत विवरण दिन चाहेनन् । ‘अहिले नै मकहाँ आइपुगेको छैन,’ डिआइजी भट्टले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण