शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

उत्तर कोरियाद्वारा फेरि शक्तिशाली क्षेप्यास्त्र परीक्षण

आइतबार, १२ वैशाख २०७३, १७ : ४४
आइतबार, १२ वैशाख २०७३

प्योङ्गयाङ्ग– उत्तर कोरियाले सबम्यारिन युद्धपोतबाट प्रहार गर्न सकिने शक्तिशाली जल क्षेप्यास्त्र (अण्डर वाटर ब्यालिस्टीक मिसाइल) को सफल परीक्षण गरेको छ ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ्ग उनले उक्त क्षेप्यास्त्रको प्रथम परीक्षण गरेको यहाँको आधिकारिक समाचार समिति कोसिएनएले जनाएको छ ।

पानी मुन्तिर निकै लामो दूरीसम्म अत्यन्त तेजगतिका साथ जाने, आकाशमा पनि तेज गतिमा ठाडो सिधा (भरटिकल) गई लक्ष्यमा प्रहार गर्नसक्ने अत्यन्त शक्तिशाली बहुउद्देशयीय क्षेप्यास्त्रको कार्यसम्पादन सुनिश्चित गर्न उक्त परीक्षण गरिएको सर्वोच्च नेता किमले सो समाचार समितिलाई बताएका छन् । उत्तर कोरिया यस्ता विभिन्न खाले शक्तिशाली सामरिक हातहतियार उत्पादन गर्नु क्षमता राख्दछ भनि प्रमाणित गर्न पनि सो परीक्षण गरेको जनाइएको छ ।

साथै मुलुकको जलसेनाको सामरिक शक्तिमा प्रचुरविकास गर्न एवम् परिआएमा दक्षिण कोरिया उच्च प्रवृति युक्त अत्याधुनिक वा संयुक्त राज्य अमेरिका समर्थित शक्तिहरु विरुद्ध आणविक युद्धका लागि चुनौति दिन समेत क्षेप्यास्त्र सक्षम रहेको समेत किमले दावी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप