आवासको शिलान्यास गर्दै प्रमले भने, ‘पुनःनिर्माण कार्यलाई तीव्रता दिन्छौं’, धैर्य गर्नुहोस्'
चौतारा - प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माण कार्यलाई तीव्रता दिइने बताएका छन् ।
‘गोरखा भूकम्प’ गएको एक वर्ष पुगेको अवसरमा ११स्५६ बजेको समयमा चौतारा नगरपालिका–३ स्थित व्यक्तिगत आवासको शिलान्यास गरी पुनःनिर्माण कार्यको आज शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
भूकम्पले क्षति पु¥याएका करिब आठ लाख घर निर्माण गर्नुपर्ने चुनौती रहेको चर्चा गर्दै प्रधानमन्त्रीले आगामी पाँच वर्षभित्र निर्माण कार्य सकिने गरी कार्य प्रारम्भ भएकाले सबैलाई धैर्य गर्न आग्रह गरे । उनले पुनःनिर्माण गर्दा वृद्घवृद्घा, बालबालिका, गर्भवती, एकल महिला र अशक्त बसोबास गर्ने घर निर्माणलाई प्राथमिकता दिइनुपर्ने बताए ।
संयम र दृढताका साथ अगाडि बढेमा आर्थिक उन्नति हुने बताउँदै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले देशमा विद्युत्, शिक्षा, सडकलगायत हरेक क्षेत्रलाई अगाडि बढाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको उल्लेख गरे ।
उनले आगामी बजेटमा कृषिको आधुनिकीकरण, सिँचाइ, मलखाद तथा बीउबिजन किसानलाई सहजरुपमा उपलब्ध गराउने व्यवस्था गरिने बताए ।
प्राकृतिक विपद्मा कसरी अगाडि बढ्ने भन्ने कानुन नभएको र वर्तमान खरिद ऐन पनि जटिल भएकाले काममा तीव्रता दिन संशोधन गरी सहज तुल्याएकाले आगामी दिनमा पुनःनिर्माण कार्यले तीव्रता आउने प्रधानमन्त्री ओलीले उल्लेख गरे ।
एक अर्को प्रसङ्गमा उनले अहिले मधेस आन्दोलन र नाकाबन्दी नभएको र भारतसँगको सम्बन्धमा पनि सुधार आएको चर्चा गर्दै आन्तरिक मामलामा कसैको निर्देशन नमान्ने दृढता व्यक्त गरे ।
भूकम्पपछि बन्द रहेको तातोपानी नाकालाई व्यापारिक नाकाको रुपमा सुचारु गर्न पहल भइरहेको पनि प्रधानमन्त्रीले खुलासा गरे ।
सो अवसरमा वन तथा भू–संरक्षण मन्त्री अग्निप्रसाद सापकोटाले भूकम्पले भौतिकरुपमा भत्काए पनि मानसिकता नभत्केको चर्चा गर्दै भूकम्पकै कारण सबै पार्टी एकजुट भई संविधान निर्माण गर्न सकिएको उल्लेख गरे ।
सो अवसरमा सांसद अमृतकुमार बोहोराले पुनःनिर्माणको कार्यको अभियानले ढिलै भएपनि सङ्गठित रुपमा थालनी भएकाले यसले तीव्रता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले जिल्लाका ९० हजार भूकम्पपीडित परिचयपत्र प्राप्त गरेकामध्ये ८७ हजार ६४९ ले मात्र रु १५ हजार तत्कालीन राहत प्राप्त गरेको र ८५ हजार १७२ ले मात्र न्यानो कपडाको रु १० हजार रकम पाएको जानकारी गराए ।
सो अवसरमा चौतारा नगरपालिका–३ निवासी यदुमाया घोरासैनी र सर्भे तामाङको आवास पुनःनिर्माण सम्झौतापत्र वन तथा भू–संरक्षण मन्त्री सापकोटा र सांसद बोहराले सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरे ।
आजै सांसद मोहनबहादुर बस्नेतले निर्वाचन क्षेत्र नं १ को कर्थली गाविस र सांसद शेरबहादुर तामाङले निर्वाचन क्षेत्र नं ३ को भोटेचौर गाविसमा व्यक्तिको घरको शिलान्यास गरे ।
त्यसैगरी भूकम्पमा दिगंवत हुनेको सम्झनामा चौताराको टुँडिखेलस्थित पिपलबोटमा साँझ दीप प्रज्ज्वलनको कार्यक्रम रहेको छ ।
भूकम्पमा परी देशभर आठ हजार ८९१ को मृत्यु भएको र त्यसमध्ये सिन्धुपाल्चोकमा ४० प्रतिशत अर्थात् तीन हजार ५७० जनाले ज्यान गुमाएका थिए । त्यसमा बेपत्ताको सङ्ख्या आठ र एक हजार ५६५ घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण