कनकमणिलाई १० दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति
आइतबार, १२ वैशाख २०७३, १८ : १२
काठमाडौं–साझा यातायातका अध्यक्ष कनकमणी दिक्षितलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ । शुक्रवार अख्तियारद्वारा पक्राउ परेका दिक्षितको सम्बन्धमा आईतबार दिनभर विशेष अदालत काठमाडौंमा बहस भएको थियो । ‘दश दिन हिरासतमा राखेर अनुसन्धान गर्न अख्तियारलाई आदेश भएको छ’ विशेष अदालतका रजिष्टार भद्रकाली पोखरेलले भने, ‘यो अनुसन्धानका लागी दिइएको पहिलो पटकको अनुमति हो ।’ वीर अस्पतालको आईसियुमा रहेका दिक्षित आज विशेष अदालतमा उपस्थित भएनन् । उनको पक्षबाट चार जना काननु ब्यवसायीहरुले बहस गरेका थिए । अब दश दिन दिक्षितलाई अख्तियारको हिरासतमा राखेर अनुसन्धान गरिने अख्तियार प्रवक्ता कृष्णहरी पुष्करले जानकारी दिए । अकुन सम्पत्ति कमाएको भन्दै अख्तियारले दिक्षितमाथि अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण