चिठ्ठा पर्यो भन्दै ठग्ने नयाँ शक्तिका केन्द्रीय सदस्य प्रहरी खोरमा
काठमाडौं–पाँच लाख पाउण्डको चिठ्ठा पर्यो भन्दै ठगी गर्ने समूहका एजेन्ट अशोक कुमार थापालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । ओखलढुंगाको दियाले–१ स्थायी घर भएका ३१ बर्षीय थापा डा. बावुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका केन्द्रिय पार्षद् सदस्य हुन् । माओवादीका पुर्व लडाकु कम्पनी कमाण्डरसमेत रहेका थापालाई प्रहरीले काठमाडौंको सुकेधाराबाट पक्राउ गरेको हो । सो कार्यमा संलग्न अन्यको खोजी भईरहेको प्रहरीले जनाएको छ । कसरी भएको थियो ठगी ? पेप्सी मोबाइल ड्र, युकेबाट ५ लाख पाउण्ड पुरस्कार परेको भनी पोखराकी एक महिलाको मोबाइलमा ग्प् को नंबरबाट पटक(पटक म्यासेज र फोन गरी उक्त रकम नेपाल पठाउन र सो सिलसिलामा वकिल खर्च बापत केही शुल्क लाग्छ, सो रकम हुण्डी मार्फत पठाउनु भनी बारम्बार फोन र म्यासेज गरेपछि पीडित महिलालाई हुण्डीबाट रकम पठाउने कार्यको बिश्वास नलागी बैंकिङ च्यानल मार्फत मात्र पैसा पठाउने अडान लिएपछि ग्प् को नंबरबाट पुनस् फोन गरी नेपाल स्थित आफ्नो एजेन्ट सुर्यज्योती इन्भेष्टमेन्ट प्रालिको नेपाल एसबिआइ बैंक, बौद्ध शाखाको खातामा रकम जम्मा गर्नु भनी अनुरोध गरेपछि बैंकिङ च्यानल मार्फत रकम पठाउनु भनेकाले पीडितलाई विश्वास लागि फोनमा भने बमोजिमको रकम रु ७,२५,८०० /- पटक-पटक गरी बिभिन्न मितिमा जम्मा गरे पश्चात् सो खाताका खातावाल अशोक कुमार थापाले सोही बैंकको बौद्ध शाखाबाट पटक(पटक गरी चेक मार्फत रु। ७,२५,००० /- भुक्तानी लिई ठगी गरी फरार रहेका थिए । के हुन्छ कारवाही ? पक्राउ प्रतिवादी अशोक कुमार थापा उपर काठमाडौं जिल्ला अदालतबाट ७ ९सात० दिनको म्याद लिई मुलुकी ऐन, ठगीको महल अन्तर्गत अनुसन्धान कार्य भैरहेको छ । कसूर ठहरिएमा पीडितलाई बिगो भराई बिगो बमोजिम जरिवाना र ५ बर्षसम्मको कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण