शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भूकम्पको एक वर्ष : बुद्धको जन्मभूमिबाट शान्तीको कामना

आइतबार, १२ वैशाख २०७३, १९ : ०५
आइतबार, १२ वैशाख २०७३

भैरहवा - बुद्धम शरणम गच्छामी.. धम्मम शरणम गच्छामी.. संघम शरणम गच्छामी...को मन्त्र उच्चारण गर्दा लुम्बिनी मायादेवी मन्दिरमा आयोजित कार्यक्रमका सहभागी मात्र हैनन कि भ्रमण गर्न आएका पर्यटक समेत मन्त्रमुग्ध भएका देखिन्थे । बौद्ध पहिरनमा रहेको बिभिन्न देशका बौद्धगामी तथा भिक्षुहरुको मन्त्रोचरणले पवित्र मायादेवी बगैचा गुन्जिएको थियो । बैशाख १२ गते नेपालमा गएको बिनाशकारी भुकम्पमा परी ज्यान गुमाउनेको दिवंगत आत्माहरुको शान्तीको कामना मात्र हैन कि नेपालमा सबै क्षेत्रमा शान्तिको कामना गर्दै बौद्ध भिक्षुहरुले बुद्धको शरणमा आउन सहभागीलाई आग्रह गरिरहेका थिए । बैशाख १२ गते भुकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा लुम्बिनीमा आयोजित कार्यक्रममा थेरावादी, महायान र वज्रयानका बौद्ध धर्मानुरागीको साथै सामान्य पर्यटकहरु पनि भावविह्वल भएका थिए । लुम्बिनी बिकास कोष र होटल कासाई लुम्बिनीको संयुक्त रुपमा आयोजित कार्यक्रममा लुम्बिनीमा अबस्थित बिभिन्न स्वदेशी तथा बिदेशी गुम्बा बिहारका भिक्षुहरुले आ आफ्नो देशको भाषा अनुसार बौद्ध परीत्राण पाठ गरी भुकम्पमा परी ज्यान गुमाउनेहरुको चिर शान्तीको कामना गरेका थिए । भुकम्पमा परी घाईते भएकाहरुको स्वास्थ्यलाभको कामना गरिएको थियो । मायादेबी मन्दिर पश्चिम पट्टी पबित्र कुन्ड नजिकै बोधी बृक्षको काखमा बिहान १० बजे देखि सुरु भएको कार्यक्रममा भुकम्प गएको समय ११ बजेर ५६ मिनेटमा सबैले एक मिनेट मौन धारणा गरेका थिए । अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष एबं लुम्बिनी बिकास कोषका आध्यातिमक सल्लाहकार भिक्षु मैत्रेय महास्थबिरको नेतृत्वमा अन्य स्वदेशी तथा बिदेशी भिक्षुहरुले बिशेष पाठ गरी मृतआत्माको चिर शान्तीको कामना सहित अब यस्ता प्राकृतिक बिपत्ती नेपालमा नआओस भनेर प्राथना समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी बिकाश कोषका सदस्य सचिब अजित मान तामांगले गत बर्षको भुकम्पले देशको सबै क्षेत्र क्षत बिक्षत बनाएको उल्लेख गर्दै भुकम्प पिडीतहरुका लागी लुम्बिनी भित्रका बिभिन्न बिहार, लुम्बिनी बिकाश कोष, लुम्बिनीका होटल ब्ययबसायी, स्थानिय बासिन्दाहरुले सक्दो राहत सामग्री भुकम्प पिडीतहरुलाई प्रदान गरी अमुल्य सहयोग गरेको जनाए । कार्यक्रम आयोजक संस्था लुम्बिनी होटल कासाईका अध्यक्ष तोकुसीन कासाई ले जापान बाट सन्देश पठाई सुन्दर हिमालय र बुद्धको देश नेपालमा गत बर्ष बैशाख १२ का दिन गएको महाबिनाशकारी भूकम्पबाट ज्यान गुमाएका सबैको आत्मशान्तीको कामना गर्दै उनले सन्देशमा भने ‘महापीडा भित्र पनि नेपालीहरुको हसिलो अनुहार छ, सुन्दर भबिष्य र शान्तिमय बिश्वको कामना छ । कासाईको सन्देश होटलका महाप्रबन्धक बिनेश मानन्धरले पढेका थिए । शान्ति कामना कार्यक्रममा लुम्बिनीको प्रचारक एबं अभियान्ता चेतन पन्त, होटल कासाईका प्रतिनिधी सोकाईडामा लगायतले भुकम्पको बारेमा चर्चा गर्दै अब यस्तो प्राकृतिप बिपत्ती नेपालमा कहिले नआओस भन्दै प्रार्थना गरेका थिए । कार्यक्रममा भिक्षुहरु,स्थानिय बासिन्दा,ब्यबसायीहरु,लुम्बिनी बिकाश कोषका कर्मचारी, लगायतको सहभागिता थियो ।

यसै बिच बैशाख १२ गते गएको महाविनासकारी भूकम्पमा परि ज्यान गुमाउनेहरुको सम्झनामा भैरहवामा पनि भूकम्प स्मृति दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्लामा भएका विभिन्न संघ सस्थाबाट उपस्थीत सहभागिहरुले गत बर्ष गएको भुकम्प मा परि मृत्यू हुनेहरुको सम्झनामा ११ बजेर ५६ मिनेट बज्दा मौनधारण गरेर मृतकको चिर शान्तिको कामना गरेका थिए । रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालको अध्यक्षता तथा श्रम तथा रोजगार मन्त्रि एंव रुपन्देही क्षेत्र नम्बर २ का सांसद दिपक बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानिय विकास अधिकारी युवराज सुवेदी, ससस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयका प्रमुख गणेश संग्रौला, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख बुद्धिराज गुरुङ्ग, विभिन्न संस्था तथा सरकारी कार्यालयका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप