शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अपडेट : दुई हप्ता बितिसक्दा डोल्पाको सामुदायीक बनमा लागेको आगो नियन्त्रणमा आएन

आइतबार, १२ वैशाख २०७३, १९ : ०२
आइतबार, १२ वैशाख २०७३

डोल्पा – डोल्पाको लिकु गा बि स मा रहेको कालिका सामुदायिक वन र चुँ को सामुदायिक वनमा आगलागी भएको झन्डै दुइहप्ता बितिसक्दा पनि अझै नियन्त्रणमा आउन सकेको छैन् । आगलागी नियन्त्रणमा नआँउदा हजारौ सल्ला,देवदार,झुलो,लालिगुँरास,ख्रसु लगाएतका हजारौ रुख विरुवाहरु जलेर नष्ट भएका छन् भने पुरै वननै जलेर नष्ट हुने सम्भाबना देखिएको छ । भीषण आगलागी भएको झन्डै दुईहप्ता पुग्दा पनि एक पटकपनि वन कार्यालयको उपस्थिति नरहेको स्थानीयबासीहरुले बताए । स्थानीयबासिहरु आगलागी नियन्त्रणको लागि अहोरात्र खटिँदापनि सुरुकै दिनमा आगलागीको जानकारी पाँउदापनि सम्बन्धित कार्यालय बेखवर रहेकोमा स्थानियबासीहरुले आक्रोस ब्यक्त गरे । आगलागी ठूलो क्षेत्रमा फैलिएकाले नियन्त्रणमा आउने सम्भाबना नरहेको उनिहरुले बताए । आगलागी नियन्त्रणकोलागि छिमेकी गाबिसका मानिसहरुपनि लागी परेका छन् । आगलागी भएको ठाँउमा पानीको स्रोत नभएकाले पनि नियन्त्रणमा कठिनाई भएको स्थानियबासीहरुले बताए । आगलागी नियन्त्रणमा कार्यालयबाट कस्तो प्रयास भईरहेको छ भन्ने प्रश्नमा वनरक्षक कार्यालयमा नभएकाले कारण देखाउँदै आगलागी भएको क्षेत्रमा एकपटकपनि नपुगेको कार्यालयले स्वीकार गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप