शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पुनर्निर्माणमा पूर्व सैनिक तथा प्रहरीलाई उपयोग गर्न माग

आइतबार, १२ वैशाख २०७३, १९ : ०८
आइतबार, १२ वैशाख २०७३

इटहरी – पूर्वी नेपालको विभिन्न जिल्लामा रहेका पूर्व सैनिक, प्रहरी र पूर्व गोर्खा सैनिकहरुले आफुहरुलाई राज्यले अहिलेसम्म ठोस नीति बनाई उपयोग गर्न नसकेकोप्रति असन्तुष्टि ब्यक्त गरेका छन । आइतबार इटहरीमा सम्पन्न बृहत भेलाले २०१ बर्षे इतिहासमा पूर्व प्रहरी, सैनिक तथा गोर्खा सैनिकहरुले गरेको योगदानलाई सरकारले कुनै योजनामा उपयोग गर्न नसकेको उनीहरुले बताए । देशको सेवामा जिवनको महत्वपूर्ण समय बिताएको बताउदै राज्यले पूर्व सैनिक तथा प्रहरीमा भएका ज्ञान सिप र दक्षतालाई देशको बिकासमा सहभागी गराउनु पर्ने उनिहरुको भनाई थियो । बैशाख १२ गतेको बिनाशकारी भूकम्पपछिको पुंर्ननिर्माणमा पूर्व सैनिक तथा प्रहरीलाई सहभागी गराउनु पर्ने सरकार समक्ष माग गरेका छन् ।

बर्ष दिन बित्दा पनि देशमा पुर्ननिर्माणको काम शुरुवात नभएको प्रति दु:ख व्यक्त गदै अबको कार्यमा देशका सम्पुर्ण पूर्व सैनिक तथा प्रहरीलाई सहभागी गराउनु पर्ने संयुक्त पूर्व सैनिक पूर्व प्रहरी कल्याणकारी महासंघका पूर्वाञ्चल अध्यक्ष किशोर कुमार राईले माग गरे । हामी तयार छौ तर सरकारले हामीलाई उपयोग गदैन राईले कार्यक्रम मार्फत बताए । देशको बिकास तथा सबृद्धिमा हाम्रो सहभागिता रहने बताउदै अब नयाँ कार्ययोजनाको साथ महासंघ लाग्ने राईको भनाई छ । प्रदेश नम्वर एक अन्तर्गतका सम्पूर्ण जिल्लामा बसोवास गर्दै आएका उनिहरुले नयाँ संविधानमा भूतपूर्व सैनिक तथा प्रहरीका विषयमा केही कुरा पनि नसमेटिएकोमा गुनासो समेत गरेका छन । नयाँ सबिधानमा पूर्व सैनिक तथा प्रहरीको हक हितको कुरा नसमेटकोमा उनिहरुले गुनासो गरेका हुन् । साथै उनीहरुले प्रदेश नम्वर १ को राजधानी इटहरीलाई राज्यले घोषणा गर्नु पर्ने समेत माग गरेका छन् । सो अवसरमा भूमिसुधार तथा ब्यवस्थामन्त्री रामकुमार सुब्बाले पनि भूतपूर्व सैनिक एवम प्रहरीले प्राप्त गरेको ज्ञान सिप र दक्षताको उपभोग गर्ने विषयमा राज्य चुकेको बताए । लामो इतिहास बोकेका भूतपूर्व सैनिक एवम प्रहरीहरुले प्राप्त गरेको ज्ञान सिप र दक्षतालई राज्यले देश बनाउने महत्वपूर्ण अभियानमा लगाउन सकेको खण्डमा देशले विकास फड्को मार्ने बताउदै मन्त्री सुब्बाले जसको उदाहरण धरान इटहरी र पोखराबाट पनि लिन सकिने बताए । किशोरकुमार राईृको अध्यक्षतामा भएको सभामा राप्रपा नेपाल सुनसरीका अध्यक्ष प्रेमप्रसाद भट्टराई, नेपाली काङग्रेस इटहरी नगर अध्यक्ष हेमकर्ण पौडेल, नेकपा एमाले नगर अध्यक्ष रेवती घिमिरे नेकपा–माओवादी अध्यक्ष गणेश कट्वाल लगायतले पूर्व सैनिक तथा प्रहरीले देशको लागी गरेको योगदानको प्रशंसा तथा मन्तव्य दिएका थिए । सभामा पूर्वका करिब सात सय बढी पूर्व सैनिक, प्रहरी तथा गोर्खा सैनिकहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप