भूकम्पबाट ज्यान गुमाउनेको सम्झनामा बृक्षारोपण
काठमाडौं – भक्तपुर सिपाडोलका महिलाहरुले भूकम्पको ज्यान गुमाएका आफन्तहरुको सम्झनामा सिपाडोल सामुदायिक वनमा बृक्षारोपण गरि वार्षिकी कार्यक्रम सम्पन्न गरेका छन् । सिपाडोल गाउँ विकास समितिको तथा मानव अधिकारका लागि महिला संस्थाको सहभागीमा सम्पन्न सो कार्यक्रममा महिला तथा जेष्ठ नागरिकहरुको भूकम्पीय सुरक्षा कसरी गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रियात्मक छलफल समेत गरिएको थियो । कार्यक्रममा १०० जना स्थानीयहरुको सहभागिता रहेको कार्यक्रममा सहभागी निरिज गिरीले बताए । भुकम्पिय जोखिम कम गर्नका लागि स्थानीय स्तरका महिला तथा बृद्ध बृद्धाहरुले अपनाउनु पर्ने सुरक्षाका उपायका बारेमा छलफल भएको थियो । मानव अधिकारका लागि महिलाका संस्थाका कार्यक्रम सञ्चालकनिरज गिरीले सानो सानो कुरा जोगाउन लाग्दा ठूला कुराको हानी हुनेतर्फ सजक रहन सल्लाह दिएका थिए । स्थानीय महिलाहरुको सहभागीतामा साँझ दीप प्रज्वलनको कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रम मानव अधिकारका लागि महिलाको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा सिपाडोल गाँउ विकास समितीका सचिव मोहन गिरी,रेडक्रस सिपाडोलका शाखा प्रमुख राकेश थापा, एकल महिला समूहकी प्रमुख खड्क कुमारी बजगाई,स्वास्थ्य अधिकृत सुरेशराज दाहाललगायत भुकम्पपिडित तथा गाँउका भद्र भलाद्मीहरुको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण