लाजिम्पाटमा मोटरसाइकल र जीप ठोक्किँदा एकको मृत्यु
सोमबार, १३ वैशाख २०७३, ०७ : ३५
काठमाडौं–लाजिम्पाटमा मोटरसाइकल र जीप जुध्दा मोटरसाइकलमा सवार एक युवाको मृत्यु भएको छ । सोमबार बिहानै करिब २ बजे पल्सर मोटरसाइल र बा१२च ६४४३ टोयटा जीप एक आपसमा ठोक्किँदा दुर्घटनामा सुमन क्षेष्ठको मृत्यु भएको हो ।
सिन्धुपाल्चोक जलबिरेका श्रेष्ठलाई उपचारको लागि वीर अस्पताल पुर्याएपछि मृत्यु भएको महानगरीय प्रहरी वृत दरबारमार्गका इन्सपेक्टर सुनिल जंग शाहले जानकारी दिए ।
सोहस् मोटरसाइकलमा सवार तनहुँका सुशान गुरुङ भने गम्भिर घाइते भएका छन् । उनको पनि वीर अस्पतालमा उपचार भइरहेको छ ।
दुवै सवारी साधनलाई नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको शाहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण