शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

घोडेपानीमा मौसमको जानकारी दिने उपकरण जडान

सोमबार, १३ वैशाख २०७३, ०८ : ००
सोमबार, १३ वैशाख २०७३
म्याग्दी – पोखरा–जोमसोम हवाई मार्गमा पर्ने म्याग्दीको घोडेपानी क्षेत्रको मौसमको बारेमा पूर्वजानकारी लिन सकिने अत्याधुनीक उपकरण जडान भएको छ । तारा एयर प्रा.लि.को पहलमा घोडेपानीमा जडान भएको प्रविधिको सहायताले त्यहाँको आकाशमा मौसम कस्तो छ भनेर अन्यत्रबाटै जानकारी पाउन सकिने भएको हो । जापानको ‘वेयदर न्युज’ संस्थाको सहयोगमा जडान गरिएको उपकरणमार्फत पोखरा, जोमसोम, काठमाडौंबाटै घोडेपानी क्षेत्रको मौसमको अवस्था अवलोकन गर्न सकिने तारा एयरका प्रबन्धक भिमराज राईले बताए । पोखरा–जोमसोम हवाई यात्रालाई सुरक्षित बनाउन तथा उडानका लागि सावधानी अपनाउन उपकरण जडान गरिएको राईको भनाई छ । घोडेपानीको एक घरको छतमा जडान भएको वेभ क्यामेरा र ईन्टरनेटको सहायताले त्यहाँबाट जोमसोम तर्फको दृष्य देख्न सकिन्छ । पोखरा–जोमसोम हवाई यात्राका क्रममा म्याग्दीको घोडेपानीदेखि मुस्ताङको सिमानासम्म करिब पाँच मिनेटको दुरीको मौसमको अवस्थाका बारेमा पुर्व जानकारी नहुँदा उडान भर्न समस्या हुने गरेको थियो । त्यस क्षेत्रको आकाशमा छिन, छिनमा मौसममा परिवर्तन हुने गर्छ । समुन्द्रि सतहदेखि दुई हजार ८०० मिटरको उचाईमा पर्ने घोडेपानीमा जडान गरिएको सो उपकरणको सहायताले कुहीरो लागेको, पानी परेको, आकाश खुले नखुलेको बारेमा तत्कालै जानकारी प्राप्त गर्न सकिने प्रबन्धक राईले बताउनुभयो । चौबीसै घण्टा उपकरण चालु रहने ब्यवस्था मिलाइएको घोडेपानीका बासिन्दा जुनबहादुर पुनले बताए । जोमसोम र पोखरा बिमानस्थलको टावरसंग सम्र्पक नहुने भएकाले १५ मिनेटको उडानमा जहाज घोडेपानी देखि मुस्ताङको लेतेमाथिको आकाशमा नपुग्दासम्म पाँच मिनेट सम्र्पक बिहीन हुने गर्छन् । २०७२ फागुन १२ गते पोखरा देखि जोमसोमका लागि उडेको तारा एयरको टिवीनअटर बिमान म्याग्दीको दाना गाविस २ सोलीघोप्टेमा दुर्घटना भएको थियो । कुहीरो लागेको जानकारी नहुँदा पोखराबाट उडेको जहाज पहाडमा ठोक्कीएर दुर्घटना हुँदा २३ जनाको ज्यान गएको थियो । उपकरण जडान भएपछि सो क्षेत्रको मौसमको अवस्थाको बारेमा दृष्य मार्फत प्रत्यक्ष जानकारी हुने र उडान भर्ने क्रममा सावधानी अपनाउन सकिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप