एक सय ६० सिलिण्डर ग्याससहित कालोबजारी गर्ने पक्राउ
सोमबार, १३ वैशाख २०७३, ०८ : ०२
पोखरा–अभावको वेला आएको ग्यास लुकाएर कालोवजारी गरेको आरोपममा आईतवार साँझ पोखरामा एक जना पक्राउ परेका छन् । पोखरा १० रामवजारमा भाँडा पसल सञ्चालन गर्दै आएका अशोक गोशेली १ सय ६० सिलिण्डरसहित पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय रामवजारवाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी गज्जुसिद्धी वज्राचार्यले जानकारी दिएका छन् ।
उनले १४ सय पर्ने ग्याँस सिलिण्डर उपभोक्तालाई नदिई लुकाएर ४५ सय रुपैयाँमा विक्री गर्दै आएको भेटिएको जानकारी दिए । गोशेली माथि कालोवजारी ऐन अन्तर्गत कारवाही अगाडि वढाईने प्रहरी प्रवक्ता वज्राचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण