अमेरिकामा भएको खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनको साथ ४२ वटा पदक प्राप्त
वाशिंगटन डिसी–अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको रेस्टन शहरमा अप्रिल २३ तारिखमा भएको २०१६ राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडी तथा नेपालीमुलका निर्णायकले उत्कृष्टता प्रदर्शन गर्न सफल भएका छन् ।
तेक्वान्दो २०१६ नेसनल क्यापिटोल ओपन प्रतियोगिता नामक खेलमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नेपालको तर्फबाट राष्ट्रको नाम राखिसकेका र हाल अमेरिकाका विभिन्न राज्यहरुमा प्रशिक्षक तथा निर्णायक भै काम गरिरहेका एक दर्जन नेपालीले महत्वपूर्ण निर्णायकको भूमिका निर्वाह गरि नेपाल र नेपालीको नाम अमेरिकामा राख्न उनीहरुले कुनै कसर छोडेनन् ।
मास्टर एचकेलि एकडेमी अफ तेक्वानदोले आयोजना गरेको यो प्रतियोगिता अमेरिकाको पूर्व सिमामा हुने प्रतियोगितामा सबैभन्दा ठूलो प्रतिस्पर्धाको रुपमा चिनिन्छ ।
तेक्वान्दो २०१६ नेसनल क्यापिटोल ओपन प्रतियोगिता नेपालीमुलका निर्णायकहरुमा कुमार बहादुर कार्की, कल्पना कार्की, दिनेश श्रेष्ठ, कृष्ण मुरारी, कृष्ण बहादुर बलाल, मनिता शाही, राजु तिमिल्सिना, प्रकाश थापा, ओमकार बुढामगर, सुरजन घर्तिमगर, निमा धमला तथा रामचन्द्र केसी रहेका थिए ।
दिनेश श्रेष्ठ अमेरिकामा भएको युएस ओपन प्रतियोगिता खेलको लागि अमेरिका आएका हुन् । उनले अमेरिकाको विभिन्न राज्यहरुमा आधिकारिक निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् भने अर्को हप्ता नेपाल जाने उनले बताए ।
उक्त प्रतियोगितामा बाल्टिमोरस्थित एवरेस्ट वल्र्ड क्लासको तर्फबाट जम्मा २१ जना अमेरिकन मुलका तथा नेपाली मुलकाले भाग लिएको जानकारी एवरेस्टका अध्यक्ष तथा प्रमुख प्रशिक्षक कुमार कार्कीले बताए । उनीहरुले पुम्से र भिडन्त (स्पारिंग)मा २९ जनाले खेलेका थिए ।
उक्त प्रतियोगितामा नेपालले २९ वटा स्वर्ण, रजत ७ र काँस्य ४ गरि कुल ४० वटा पदक प्राप्त गर्न सफल भएको छ । एवरेस्ट वल्र्ड क्लासका २१ जना खेलाडीमध्ये ९ जना नेपाली खेलाडीले भाग लिएका थिए । नेपाली खेलाडीहरुमा नेपाली राष्ट्रिय खेलाडी मनिता शाहीले भिडन्त (स्पारिंग)मा प्रथम र पुम्सेमा दोस्रो कृष्ण कार्की (स्पारिंग)मा प्रथम र पुम्सेमा पनि प्रथम भएका छन् ।
यसैगरी उज्जवल ठकुरी भिडन्तमा प्रथम, एलेन शाही पुम्सेमा प्रथम र स्पारिंगमा दोस्रो, सलिना खड्का स्पारिंगमा प्रथम र पुम्सेमा प्रथम, हेमन छन्त्याल पुम्सेमा प्रथम र स्पारिंगमा दोस्रो स्थान प्राप्त गरेका छन् ।
यसैगरी प्रनिमा आचार्य स्पारिंगआ प्रथम र पुम्सेमा तृतीय, विवेक छेत्री पुम्सेमा प्रथम र स्पारिंगमा दोस्रो भएका छन् । त्यसतै हेगन छन्त्याल स्पारिंगमा प्रथम र पुम्सेमा तृतीय भएका छन् ।
यसैगरी ब्लाक बेल्ट (कालो फित्तधारी)को लागि १४ वर्षमुनि समूहमा ग्रान्ड च्याम्पियन कृषा कार्की र वरिष्ठ कालो फित्तधारी समूहमा १८ वर्षमाथि मनिता शाहीले ग्रान्ड पदक जितेकी छिन् ।
यसैगरी २०१६ को राष्ट्रिय क्यपिटोल ओपन प्रतियोगितामा एवेरेस्ट वल्र्ड क्लास तेक्वान्दो एकेडेमी बाल्टिमोरले २९ पदकसहित प्रथम स्थान हासिल गरेको छ । २९ वटामा प्रथम, ७ वटामा दोस्रो तथा ४ वटा तेस्रो स्थान हासिल गर्न सफलताको साथ ब्लाक बेल्ट समुहमा कनिष्ट र वरिष्ठको स्पारिंगमा २ ग्रान्ड पदकसहित कुल ४२ वटा पदक प्राप्त गरेर समुह बिजेता समेत बनेको छ ।
उक्त प्रतियोगितामा प्रमुख प्रशिक्षक कुमार कार्कीसहित, मनिता शाही, निमा धमला तथा अन्य मास्टरले समूह प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण