मिर्गौला पीडितलाई विदेशबाट सहयोग जुट्दै
मोरङ– मोरङ राजघाट–७ आसामेटोलकी मिर्गौलापीडित सुकुमायाँ लिम्बूको उपचारका लागि विदेशबाट सङ्कलन भएको रु एक लाख ४६ हजार ६ आइतबार पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।
केही महिनाअघि सुकुमायाँको उपचारका लागि सहयोगका याचना गरेको समाचार राससले प्रकाशन गरेपछि विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका सो समाचार पढेर मिर्गौलापीडित सुकुमायाँको उपचारका लागि सहयोग जुटेको हो । उर्लाबारीका स्थानीय सञ्चारकर्मी तेजन खड्काका अनुसार मलेसियामा रहेका प्रकाश मोक्तानलगायतको पहलमा रु ५१ हजार ६००, राजघाट–५ बाट हङकङमा रहेकी बालिका गुरुङ र जापान रहेकी ममता राना मगरले रु १० हजार १००, सुरेन मगर र दिलीप अधिकारीबाट रु १५ हजार, कतारबाट उर्लाबारीका शेखर भण्डारीबाट रु १० हजार ४१ र दाङ तुलसीपुरबाट सुदीप चौधरीले रु पाँच हजार, कतारबाट याम सेम्बु र तुलसी योङहाङले रु १० हजार सहयोग गरेका हुन् ।
यस्तै, इजरायलबाट आरती लिम्बूको अगुवाइमा आफू र आफ्ना साथीभाइबाट रु ३२ हजार २३० सुकुमायाँको उपचारका लागि सहयोग गरेका थिए ।
गत १० गते पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनकुमार तामाङको अगुवाइमा प्रतीक सुब्बा, दीपराज राई, विष्णु धिमाल, जयबहादुर तामाङ र पुष्प तामाङ, सञ्चारकर्मी तेजन खड्कालगायतको टोलीले सुकुमायाँको उपचारका लागि रु एक लाख २३ हजार जुटाएर सो परिवारलाई हस्तान्तरण गरेको थियो । उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
चोरी मुद्दाका फरार दुई पक्राउ
पूर्व क्षेत्रीय अनुसन्धान समूहबाट खटिएका प्रहरीले दुई जनालाई आइतबार बेलुका मोरङको दुई स्थानबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ विराटनगर–२० का २७ वर्षीय बेगम भन्ने सरोज ठकुरी तथा मोरङ डाङ्गीहाट–१ बस्ने ४५ वर्षीय सहदेव धिमाल रहेका छन् ।
उनीहरुलाई क्षेत्रीय अनुसन्धान समूहबाट खटिएको विशेष टोलीले सुराकी परिचालन गरी उनीहरुकै घरबाट पक्राउ गरेको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरीक्षक कृष्ण पगेनीले बताए ।
बेगमउपर जिल्ला अदालत मोरङले २०६५ असार ४ गते चोरी मुद्दामा २७ दिन कैद तथा रु १० हजार ८६० जरिवाना फैसला गरेको थियो ।
त्यस्तै धिमाललाई सो अदालतबाट २०७० चैत ९ गते चोरी मुद्दामा एक महिनाको कैद सजाय तथा रु नौ लाख जरिवाना तोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण