उपाधिको झनै नजिक लेस्टर, आर्सनललाई धक्का
लण्डन – स्वान्सी सिटीमाथि ४–० को जित हासिल गर्दै लेस्टर सिटीले शीर्ष स्थानमा ८ अंकको अग्रता पुनः कायम गरेको छ । निलम्बित स्टार स्ट्राइकर जेमी भार्डी बिनै मैदानमा उत्रेको लेस्टरले उत्कृष्ट खेल प्रदर्शन गर्दै दोस्रो स्थानमा रहेको टोटनहममाथि दबाब राखेको छ । एस्ली विलियमसको खराब क्लियरेन्सको फाइदा उठाउँदै लेस्टरलाई अग्रता दिलाएका थिए । त्यसपछि भार्डीको स्थानमा ल्याइएका लियोनार्डो उलोआले दुई गोल थपे । खेलको अन्तयतिर अतिरिक्त खेलाडीको रुपमा मैदान छिरेका मार्क अल्ब्राइटनले गोल गर्दै लेस्टरलाई सहज जित दिलाए । पहिलो पटक प्रिमियर लिगको उपाधि जित्ने होडमा रहेको लेस्टरलाई बाँकी तीन खेलहरुबाट उपाधिको लागि ५ अंक मात्र आवश्यक रहेको छ । यदी सोमबार हुने खेलमा वेस्ट ब्रोमसँग टोटनहमले अंक गुमाए आगामी हप्ता म्यान्चेस्टर युनाइटेडबिरुद्धको खेलमा विजयी हासिल गर्दै लेस्टर प्रिमियर लिग च्याम्पियन बन्नेछ । खेलपछि लेस्टरका प्रशिक्षक क्लाउडियो रानिएरीले भने, ‘आजको खेल निकै उत्कृष्ट थियो । जेमी नहुँदा सबै खेलाडीले अझ बढी मिहिनेट गरे ।’ प्रिमियर लिगमा लेस्टरको यो २२ औं जीत थियो । यो क्लबको लागि नयाँ किर्तिमान हो । उता, सन्डरल्याण्डसँग गोलरहित बराबरी खेलेपछि आर्सनलको शीर्ष चारमा रहन थप संघर्ष गर्नुपर्ने भएको छ । चौंथो स्थानमा रहेको आर्सनल पाँचौं स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडभन्दा मात्र ५ अंकले अघि रहेको छ । युनाइटेडले आर्सनलभन्दा एक खेल कम खेलेको छ । बराबरीपछि सन्डरल्याण्ड भने रेलिगेसन जोनभन्दा माथि उक्लिन सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण