शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

टोल टोलमा सचेतना जगाउदै ट्राफिक प्रहरी

सोमबार, १३ वैशाख २०७३, १० : ३९
सोमबार, १३ वैशाख २०७३
इटहरी– पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय इटहरीले इटहरीका बिभिन्न टोल विकास संस्थाहरुको सहकार्यमा ट्राफिक सचेतना अभियान शुरु गरेको छ ।ट्राफिक सचेतनामा नागरिक मैत्री बनाउने उदेश्यले इटहरीका टोल विकास संस्थाको सहकार्यमा अभियान शुरु गरेको हो । राजमार्गको अबस्थामा सुधार नआएपनि सवारी साधन प्रयोगमा बृद्धि भई रहेको सन्दर्भमा कसरी सवारी दुर्घट्नामा कमि ल्याउन सकिन्छ भन्ने विषयमा टोल विकाश संस्थामा आबद्ध रहेका स्थानियबासी लाई सचेत गराउने उद्देश्यका साथ अभियान शुरु गरिएको थियो । क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय इटहरीको पहिलो अभियान अन्तर्गत आइतबार इटहरीको नमुना टोल विकास संस्थाको सहकार्यमा ट्राफिक सचेतना सम्वन्धि अन्तरत्र्रिmया कार्यक्रम शुरु गरिएको थियो । जसमा अन्तरत्र्रिmयासगै प्रयोगात्मक रुपमा सडकमै ट्राफिक सचेतना दिइएको थियो । पछिल्लो समयमा युवा पुस्ता बढि सवारी दुर्घट्नामा परेर ज्यान गुमाउनेको सङ्ख्या बढि रहेको उल्लेख गर्दै ट्राफिक प्रहरी उपरीक्षक पवनराज गिरीले ट्राफिक नियम सम्वन्धि सचेतना नै दुर्घट्नामा कमि ल्याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । सोही अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय उच्च माविका प्राचार्य सरण बस्नेतले बालबच्चाहरु सडक पार गर्ने क्रममा बढि जोखिममा पर्ने खतरा रहेकाले विद्यालय अगाडी रहेको सडकमा जेब्राक्रस अनिवार्य बनाउनु पर्ने बताए । कार्यक्रममा नमुना टोल विकास संस्था आमा समुहकी अध्यक्ष गीता आचार्यले बालबच्चा विद्यालय पु¥याउने कार्यमा बढि आमा अर्थात महिलाहरुको भूमिका रहने भएकाले सडक उपभोग गर्दा महिलाहरुले पनि बढि नै सचेत हुनु पर्ने कुरामा जोड दिइन् । कार्यक्रममा नमुना टोल विकास संस्थासँगै जनजागरण टोल विकास संस्था शुभप्रभात टोल विकास संस्था मित्रमार्ग टोल विकास संस्था शान्ति टोल विकास संस्था लगायतको सहभागिता रहेको थियो । यस्ता सचेतनामुलक कार्यक्रम टोल टोलमा पुगेर निरन्तर रुपमा संञ्चालन गर्ने पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय इटहरीका प्रहरी उपरिक्षक पवनराज गिरीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप