शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भारतीय नागरिक मृत फेला, बाघको आक्रमणमा परेको आशंका

सोमबार, १३ वैशाख २०७३, १० : ४६
सोमबार, १३ वैशाख २०७३

डोटी– डोटीको कुलपाते भन्ने स्थानमा आज बिहान एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।मृतक भारतको हिमाञ्चल प्रदेशको काँकडा भन्ने जिल्लाको रहेको इलाका प्रहरी कार्यालय दीपायलका प्रहरी नायब निरीक्षक भीमबहादुर मल्लले जानकारी दिए । जगदीश नाम गरेका ती व्यक्ति डोटीमा खोटो सङ्कलन गरिरहेको भद्रकाली रोजीन कम्पनीमा कार्यरत रहेका थिए । प्रहरीले दिएको जानकारीअनुसार मृतक जगदीश दीपायलमा रहेको ट्राफिक प्रहरी कार्यालयको घरसँगै जोडिएको घरमा बसेका थिए । राति पिसाब गर्न भनी बाहिर आएकै अवस्थामा जङ्गली जनावरले आक्रमण गरी मारेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । मृतकको प्रकृति हेर्दा बाघले आक्रमण गरेजस्तै रहेको प्रहरी नायब निरीक्षक मल्लको भनाइ रहेको छ । सँगै घरमा बसेका ट्राफिक प्रहरी हवल्दार इन्द्रराज बोहराले आज बिहानै जगदीशलाई मृत अवस्थामा भेटे पछि इलाका प्रहरी कार्यालय दीपायललाई खबर गरेका थिए । शव परीक्षणका लागि जिल्ला अस्पताल सिलगढी ल्याइने तयारी गरिएको छ । परीक्षणपछि मृतक जगदीशसँगै काम गरिरहेका आफन्तलाई जिम्मा लगाइने प्रहरीले जानकारी दिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप