अतिसीमान्तकृत एउटा विद्यार्थी पढाउन सरकारले ५६ हजार खर्च गर्ने
दाङ–मध्यपश्चिममा पहिलो पटक दाङको तुलसीपुरमा अतिसीमान्तकृत बालबालिकाहरुको लागि छात्राबास संचालन गरिने भएको छ ।
आवासिय सुविधा सहित अतिसीमान्तकृत बालकालिकाहरुलाई अध्यापन गराउन यहि शैक्षिक सत्रदेखि लागु हुने गरि छात्राबास संचालन गर्न लागिएको माध्यामिक विद्यालय तुलसीपुरका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिए ।
विद्यालयले गत बर्ष पेश गरेको प्रस्तावनाको आधारमा सीमान्तकृत बालबालिकालाई पढाउनका लागि शिक्षा विभागले स्वीकृत दिएको हो । कक्षा ६ देखि १० सम्म पढाइ हुने छात्राबासमा २० जनाबालबालीकाको कोटा निर्धारण गरिएको छ । यस्ता बालबालिकाहरुका लागि पढाइ खर्च वापत प्रत्येक बर्षको दश महिनामा ५६ हजार रुपैयाँ सरकारले उपलब्ध गराउने भएको छ । खाना, बस्न, र नास्ताकालागिप्रतिव्यक्तितीनहजार पाँच सय, गोजीखर्च पाँच सय, वेड विस्तारा अन्तर्गत ओढ्नेओछ्याउने खरिदकालागि छ हजार उपलब्ध गराइने छ । त्यसैगरी ट्युसन, भान्से, वार्डेन, पाले अन्र्गत व्यवस्थापनतर्फ प्रतिविद्यार्थी एक हजारका दरले दशमहिनामा एक हजारका दरले विद्यालयलाई दशहजार प्रदान गरिने छ । अतिसीमान्तकृत बालबालिकामा माझी, ल्होमी, सतार, थामि, झागड, बोटे, दनुवार, चेपाङ, बरामु गरि १२ जातिका बालबालिका पर्छन् । तर यस्ता बालबालीकाहरु उपलब्ध हुन नसकेमा आर्थिक र समाजिक रुपले पछाडि परेका बालबालिकालाई छनौट गरिने व्यवस्था छ । दाङमा यि बालबालीकाहरु नभएकाले सीमान्तकृत अन्तर्गत सुनुवार, थारु, तामाङ,बादी, गन्र्धव, कुमाल जातिका बालबालिकाहरु आउन सक्ने सम्भावना रहेको विद्यालयले बताएको छ । छात्राबास संचालनका लागि छुट्टै भवन नभएपनि मजुदा भवनमा पहिलो बर्ष काम चलाउने विद्यालयले तयारी गरेको छ । विद्यार्थी भर्नाका लागि विद्यालयले अबको केहि दिनमै सुचना जारी गर्ने तयारी गरेको छ । यता बालअधिकारकर्मी नबराज लामिछानेले छात्राबास खुल्नु भन्दापनि त्यसलाई उद्देश्यअनुसार संचालन गरेर लक्ष्यमा पु¥याउनु नै ठूलो उपलब्धी हुने बताए । संचालनको क्रममा थुप्रै चुनौति आउन सक्ने भन्दै नियम संवत तवरले यसको डटेर सामाना गर्नु पर्ने सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण